स्वास्थ्य चौकी उद्घाटनः ऊर्जामन्त्री शर्मा

पोखरा-

 ऊर्जामन्त्री जनार्दन शर्माले जनताको सामाजिक तथा आर्थिक जीवन उकास्न स्वास्थ्य चौकीको महत्पूर्ण भूमिका हुने बताउनुभएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सामाजिक तथा वातावरण कार्यक्रमअन्तर्गत दोलखाको गोगरगाउँमा निर्मित लामाबगर स्वास्थ्य चौकीको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको सामाजिक तथा आर्थिक जीवन उकास्नमा यस्ता स्वास्थ्य चौकी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले स्वास्थ्य चौकीको निर्माणले स्थानीय बासिन्दा लाभान्वित हुने बताउँदै स्वास्थ्य कार्यकर्ताले प्रवाह गर्ने सेवा अब देखि चिकित्सकले प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो ।

रु ७३ लाख १९ हजार चार सय ८५ को लागतमा निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य चौकीले २४ घन्टा स्वास्थ्य सेवा प्रवाह गर्ने सो चौकीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button