अध्यागमन कार्यालयमा पर्यटकसंग बढी रकम अशुली

दिननाथ बराल

पोखरा ६, मंसिर-
अध्यागमन विभाग अन्र्तगत अध्यागमन कार्यालय पोखरामा पर्यटकसंग बढी रकम असुली हुने गरेको छ । पर्यटक भिषामा म्याद थप्न पुगेका विदेशी पर्यटकहरुसंग अध्यागमन कार्यालयमै बढी रकम तिर्न बाध्य भएका हुन । समयमै कार्यालयको राम्रो अनुगमन हुन नसक्दा उक्त कार्यालयमा भ्रष्टार हुने गरेको हो ।
कार्यालय प्रमुख समक्ष पेश हुने एउटा रसिदमा कार्यालयले तोकेको रकम उल्लेख भए पनि भिसाको म्याद थप्न पुगेका पर्यटहरुलाई रसिद विना नै लाग्ने शुल्कः भन्दा बढी रकम लिने गरेको कार्यालयका निमिक्त प्रमुख विना श्रेष्ठले बताईन । उनले भनीन “हाम्रो कार्यालयमा कर्मचारी विच राम्रो ताल मेल छैन, पटक पटक लेखामा पर्यटकहरुसंग लाग्ने शुल्क भन्दा एक रुपैया पनि बढी नलिनु भन्दा उनीहरुले टेरेका छैनन ।”
कार्यालयका लेखापाल गौरी ढुंगनाले आफुसंग खुद्रा पैसा नभएकोले केहि पर्यटकसंग बढी रकम लिएको स्वीकारेकी छन । कार्यालयमै पुगेर हामीले लेखापाल ढुंगनासंग किन पर्यटकहरुसंग बढी रकम अशुल्नु भएको हो भन्ने प्रश्नमा उनले भनीन “मसंग खुद्रा पैसा हुदैन पर्यटकहरुलाई एक छिन पछि आउनु भन्ने गरेकी छु ।” आईतबार उक्त कार्यालयबाट विदेशी पर्यटक थेरी, पाउला जेरी लगायतका पर्यटकहरु ठगिन पुगेका हुन । उनीहरुले लाग्ने शुल्क भन्दा बढी रकम लेखामा बुझाए पनि कार्यालय प्रमुख समक्ष देखाउने रसिदमा भने तोकेको शुल्क रहेको थियो । उनीहरु सहित अन्य पर्यटकहरुलाई कार्यालयबाट दिनु पर्ने रसिद पनि दिएको छैन भने कार्यालय प्रमुख समक्ष लगेको रसिदमा विना हस्ताक्षर र छाप विना पेश हुदै आएको छ ।
पर्यटकहरुसंग बढी रकम अशुल्ने गरेको प्रवित्ति धेरै समय अघि देखि भएको निमिक्त प्रमुख श्रेष्ठले दाबी गर्छीन । विश्वका नागरीकहरु आउने कार्यायलमा यस्तो सन्देशले नेपाललाई नै नराम्रो प्रभाव पार्ने भएकोले पटक पटक सम्झाउन खोज्दा समेत आफ्ना कर्मचारीहरुले आफुलाई नटेरेको श्रेष्ठले बताइन । पर्यटकहरुको भिसाको म्याद थप गर्दा प्रति दिनको २ अमेरीकन डलर शुल्क लाग्ने गर्दछ भने विलम्ब (लेटफि) ३ डलर प्रति दिन शुल्क लाग्ने गर्दछ । पर्यटनको सिजनमा भने मासिक ४/५ सय पर्यटकहरु पर्यटक भिषाको म्याद थप्न कार्यालयमा आउने गरेका छन भने अन्य सिजनमा मासिक मुस्कीलले १०/१५ जना आउने गरेको कार्यालयका खरीदार कृष्ण आचार्यले बताए ।
कार्यालय प्रमुख विदामा रहे पनि उनले टेलिफोन सम्पर्क गर्दा आफ्नो कार्यालयमा अनलाईन सिस्टम भएकोले पर्यटकहरुसंग बढी रकम अशुल्न नमिल्ने बताए । उनले भने “ यदी कसैले कार्यालयको निति विपरित/अवैध रुपमा पर्यटकहरुसंग बढी रकम लिएको पुष्टी भएमा कार्यालय फर्किए लगतै कार्रवाही गर्छु । ” कुन पर्यटक कुन देशबाट आएको कहाँ कहाँ भ्रमण गर्ने देखि उसको सम्पर्क नम्वर समेत कार्यालयसंग हुने भएको उनले जनाए । पर्यटक भिसाको म्याद थप्दा शुल्क डलरमा उल्लेख भएकोले कार्यालयमा भने नेपाली रुपैया तिर्नु पर्ने भएकोले पनि पर्यटकहरुले पाउनु पर्ने तिर्नुपर्ने रकममा खासै ध्यान नदिएको पाइन्छ । केहि पर्यटकहरुले भने अघिल्लो दिनकै डलर भाउमा रकम तिर्न खोज्दा कहिले काहि समस्या आउने गरेको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button