अन्तर तमु समाज भलिवलको उपाधि आधीखोला तमु समाजलाई

पोखरा, ०९ पौष –

तमुहरुको नयाँ वर्ष तथा महान पर्व प्र ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले आयोजना गरेको अन्तर तमु समाज तमु धिं नेपाल कप पुरुष भलिवल प्रतियोगिताको उपाधि आँधीखोला तमु समाजले जितेको छ ।

tamu volleyball

विहीवार सम्पन्न फाइनल प्रतिष्पर्धामा तमु विद्यार्थी समितिलाई पराजित गर्दै तमु विद्यार्थी समितिले उपाधिसहित २५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको हो ।

उपाधिका लागि आँधीखोलाले तमु विद्यार्थी समितिलाई २५—१९, २०—२५, २५—२१, र २५—२३ अंकमा पराजित गरेको हो । उपविजेतामा चित्त बुझाउनु परेको तमु विद्यार्थी समिति २० हजार, कप, मेडल प्रमाणपत्रसहित पुरस्कृत बन्यो ।

प्रतियोगिताको तेश्रो स्थानका लागि भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा बाझापाटन तमु समाजले बगालेटोल तमु समाजलाई पराजित गर्दै तेश्रो स्थान हासिल गर्दै १५ हजार, कप, मेडल, प्रमाणपत्रले पुरस्कृत भएको थियो । तेश्रो स्थानका लागि बाँझापाटन पहिलो दुई सेट गुमाए पनि खेलमा फर्कदै जित हासिल गरेको हो । बाँझापाटनले बगालेटोललाई २१—२५, २२—२५, २५—२२, २५—१८ र १६—१४ अंकले पराजित गरेको हो ।

यसअघि फाइनल प्रवेशको लागि आँधीखोलाले बगालेटोलाई २५—१४, २९—२७ र २५—१५ ले, तमु विद्यार्थी समितिले बाँझापाटनलाई सोझो सेट २५—२३, २५—२१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिामा तमु विद्यार्थी समितिका मनोज गुरुङ सर्वोत्कृष्ट र शान्ति रुपा बराहथोक तमु समाज अनुशासित टिम घोषित हुदै जनही ५, ५ हजार रुपैया, ट्रफी, प्रमाणपत्रबाट पुरस्कत भए ।

विजेताहरुलाई कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक हरिबहादुर पाल, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, प्रथम उपाध्यक्ष कर्णेल रामकाजी तमु, सल्लाहकार प्रमुख गणेबहादुर तमु तमु, वरिष्ठ सल्लाहकार सन्तबहादुर तमु, खेल संयोजक तेजबहादुर तमु, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर तमु, तमु धिं नेपालका सहकोषाध्यक्ष सरस्वती तमु लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमक प्रमुख अतिथि प्रहरी उपरिक्षक हरिबहादुर पालले तमु धिं नेपालले ल्होछारको अवसरमा भलिवल प्रतियोगिता आयोजना गरेर युवाहरुलाई खेलप्रति आकर्षित गराएकोमा धन्यवाद दिनुहुदै खेलले युवालाई सामाजिकीकरण गर्ने बताउनुभयो । खेलकुदले युवाहरुलाई कुलतमा फस्न दिदैन, सभ्य समाज निर्माण एवं राष्ट्रका लागि खेलकुद प्रतियोगिताले योगदान पुर्याउने भन्नुहुदै विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

समापन कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, खेलकुद संयोज तेजबहादुर तमु, सहकोषाध्यक्ष सरस्वती तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय महिला भलिवल खेलाडी मञ्जु तमु र सिपोरा तमुलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारले साँस्कृतिक प्रस्तुति गरेको थियो ।

१३ वटा तमु समाजको सहभागीता रहेको र तमु धिं नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा प्रथम पुरस्कार तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले, द्धितिय पुरस्कार तमु धिं नेपालका प्रथम उपाध्यक्ष कर्णेल रामकाजी तमु, तृतिय पुरस्कार तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर तमु, सर्वोत्कृष्ट खेलाडी पुरस्कार सहकोषाध्यक्ष सरस्वती तमु र अनुशासित टिमको पुरस्कार सचिव गिरीप्रसाद तमुले प्रायोजन गर्नुभएको थियो । यसरी नै कप, मेडल, प्रमाणपत्रका लागि प्रमुख सल्लाहकार गणेशबहादुर तमुले प्रायोजन गर्नुभएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button