अपेक्षाकृत विद्यार्थी नपाउँदा आर्थिक संकटमा विन्ध्यवासिनी क्याम्पस

पोखरा, २५ मङ्सिर –

बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पस सञ्चालक समितिले पूर्णता पाएको हो। विन्ध्यवासिनी उच्च मा.वि. संरक्षक रहेको क्याम्पसमा विन्ध्यवासिनी उच्च मा.वि. विद्यालय व्यवस्थापन समितिबाट पाँच सदस्यीय रहने प्रावधान अनुसार प्रतिनिधि चयन तय गरिएको छ। विव्यसका अध्यक्ष गोविन्द ब. बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भिम प्रसाद पौडेल, प्राचार्य खिमलाल अधिकारी र विद्यालय व्यवस्थापन समितिको छनोटबाट सदस्यद्वय यदुनाथ बञ्जारा र शिवराज देवकोटा क्याम्पस सञ्चालक समितिमा चयन भएको बताइएको छ। व्यवस्थापन संकायको पढाई हुने उक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सोमनाथ अधिकारी प्यासी रहेका छन्।

त्रि.वि.वि. सम्बन्धन प्राप्त क्याम्पसले अपेक्षाकृत विद्यार्थी नपाउँदा आर्थिक संकट व्यहोर्दै आएको छ। स्थानिय स्रोत परिचालन गरेर मात्र क्याम्पस सञ्चालनलाई बैशाखी दिनु उपयुक्त नहुने टिप्पणी भइरहेको अवस्था क्याम्पस प्रशासन र सञ्चालक समितिले आत्मनिर्भर बन्ने योजना तय गर्नुपर्ने औल्याइएको छ।

गुफा प्रवर्धनका लागि विभिन्न उपसमिति गठन पोखराको पर्यटकीय गन्तव्य मध्येका आकर्षक पर्यटकीय स्थल महेन्द्रगुफा, चमेरोगुफाको विकास प्रवर्धन एवम् समुचित व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरिएका छन्। विन्ध्यवासिनी उच्च मा.वि.पोखरा–१६ को मातहतमा रहेका यि दुई गुफाबाट हुने आम्दानी विन्ध्यवासिनी उ.मा.वि.को शैक्षिक उन्नति र भौतिक निर्माणमा खर्च हुँदै आएको छ।

विनाशकारी भुकम्प र त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण पर्यटक आगमनमा भएको व्यापक गिरावटले आम्दानीमा ह्रास आएको छ। मुलुकको प्रतिकूल अवस्थाबाट गुफा क्षेत्रको व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति मातहत रहेको महेन्द्रगुफा चमेरो गुफा पर्यटन विकास उपसमितिले छुट्टै समिति गठन गरेर जिम्मेवारी प्रदान गरेको छ। गोविन्द बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमिति चयन गरेको छ।

महेन्द्र गुफा चमेरोगुफा प्रचारप्रसार तथा प्रवर्धनका लागि पत्रकार यदुनाथ वञ्जाराको संयोजकत्वमा पत्रकारद्वय शिवराज देवकोटा र मोहन थापा रहेको तीन सदस्यीय उपसमिति गठन गरेको जनाएको छ।

यस समितिले महेन्द्रगुफा, चमेरोगुफाको बृहत्तर प्रचारप्रसार गर्ने बताइएको छ। पर्यटकीय दृष्टीले महत्वपूण मानिएको यस गुफालाई पर्यटन गाइडहरु र ट्राभल व्यवसायीहरुले ओझेल पार्दै लगेका छन्। उनीहरुले गुप्तेश्वर गुफालाइ नै महेन्द्र गुफा भन्दै पर्यटकहरुलाई हाफ डे साइट सिन भित्र पार्ने गरेका कारण पर्यटक र गुफा दुबैलाई अन्यायमा पारेको बताइरहेका बेला नव गठित समितिले त्यसलाई चिर्ने अपेक्षा गरिएको छ।

यस्तै गुफाक्षेत्रको योजना निर्माण तथा कार्यान्वयनका लागि अध्यक्ष गोविन्द बहादुर बस्नेतको संयोजकत्वमा समिति निर्माण गरिएको छ। उक्त समितिमा सबै क्षेत्रको प्रतिनिधित्व रहेको छ। यस्तै कृष्ण बहादुर कार्कीको संयोजकत्वमा कृष्ण ब. के.सी. र याम ब. सुनार रहेको विकास निर्माण उपसमिति चयन गरिएको छ। यस्तै शिवराज देवकोटाको संयोजकत्वमा खरिद तथा लिलाम उपसमिति गठन गरिएको छ।
२०७२ मंसिर ५ गते बसेको गुफा क्षेत्र पर्यटन विकास समितिको बैठकको निर्णय अनुसार गठन भएका विभिन्न उपसमितिहरुले मंसिर १८ गतेबाट आफ्नो काम सुरु गरेका छन्। विद्यालयका प्राचार्य खिमलाल अधिकारीले उपसमितिहरुको काम कारबाहीहरुमा विद्यालयले पूर्ण सहयोग गर्ने बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button