आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा छौँ – गृहमन्त्री बस्नेत

काठमाडौँ, १४ जेठ –

गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।

पूर्व प्रहरी परिषद् नेपालले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन’ विषय कार्यशालामा गृहमन्त्री बस्नेतले नीति बनाउने मात्रै नभई त्यसको प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता भएको टिप्पणी गर्नुभयो । उहाँले तत्कालीन अवस्थामा देशको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाको प्रतिबिम्ब सुरक्षा नीति निर्माणमा पनि पर्ने गरेको बताउनुभयो । राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्नुपूर्व आजको नेपालको अवस्थाबारे सबैमा समान धारणा आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

पूर्व प्रहरी परिषद्का उपाध्यक्ष पूर्व वरिष्ठ प्रहरी उपरीक्षक डा चूडाबहादुर श्रेष्ठले राष्ट्रिय सुरक्षा नीति र ऐन कार्यान्वयनमा आउन लागेको अवस्थामा यसबारे आमरुपमा बृहत् छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सांसदहरु, पूर्व प्रहरी अधिकृत, जवान र सुरक्षासँग सरोकार राख्ने निकायका पदाधिकारहरुको सहभागिता रहेको छ ।

कार्यशालामा सुरक्षासँग सम्बद्ध विभिन्न विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button