आयोगको दिएको प्रतिवेदनका आधारमा चुनाव हुने हो – देउवा

पोखरा, २३ जेठ –

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको कार्यान्वयनमा तयार नदेखिएको बताउनुभएको छ ।

आज यहाँ भएको कार्यकर्ता भेटघाटमा उहाँले संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रादेशिक र राष्ट्रियसभाको निर्वाचन आवश्यक रहेको र स्थानीय निकायको निर्वाचनका लागि स्थानीय स्वायत्त शासन पुनःगठन गर्न गठित आयोगको म्याद फागुनसम्म रहे पनि सरकारले त्यस अगावै मङ्सिरमा चुनाव गर्ने कुरा गरिरहेको बताउनुभयो । “आयोगको दिएको प्रतिवेदनका आधारमा चुनाव हुने हो,” उहाँले भन्नुभयो, “ आयोगको म्याद फागुनसम्म छ तर सरकार मङ्सिरमा चुनाव गराउने कुरा गरिरहेको छ, संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध छैन ।”

गाउँपालिका र नगरपालिकाको निर्वाचन नभै प्रदेश र राष्ट्रिय सभाको निर्वाचन चुनाव हुन नसक्ने पूर्वप्रधानमन्त्री देउवाले बताउनुभयो । “कि सरकारले आयोगको म्याद घटाएर कात्तिक बनाउन प¥यो,” नेता देउवाले भन्नुभयो, “चुनावका सम्बन्धमा हामी प्रतिवद्ध छाँ, प्रजातन्त्रवादी कहिल्यै चुनावको विपक्षमा हुँदैन ।”  सरकारले बजेट दुरुपयोग गर्न खोजेको बताउँदै उहाँले भन्नुभयो – “देशको ढुकुटीमा काँग्रेसले जम्मा गरेको हो, त्यसको दुरुपयोग गर्न दिनुहुँदैन ।” काँग्रेसमा एकता हुनु आवश्यक भएकामा उहाँको जोड थियो ।

सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई दृष्टिगत गरी काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारको बजेटले महँगी बाँडेको आरोप लगाउनुभयो । अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र जीवन परियारले नेपालमा राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने धारणा राख्नुभयो ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले १३ औंँ महाधिवेशनसँगै काँग्रेसमा गुट उपगुटको राजनीति समाप्त भएको र अबको नेपालको नेतृत्व गर्ने जिम्मेवारी पनि काँग्रेसको काँधमा आएको बताउनुभयो ।

काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले संविधानको कार्यान्वयन र विद्यमान समस्याको समाधानका लागि नेपाली जनताले काँग्रेसको नेतृत्व अपेक्षा गरेको धारणा राख्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button