आहा रारा गोल्ड कपलाई सफल पार्न विभिन्न संघ संस्थाहरुले साथ दिने

पोखरा,११ पौष –

पश्चिमाञ्चलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १४ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७२ लाई सफल पार्न पोखराका विभिन्न संघ संस्थाहरुले यस पाली पनि साथ र सहयोग गर्ने भएका छन ।

क्लबका अध्यक्ष एवं प्रतियोगिता मुल आयोजक समितिका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा हालै बसेको एक बैठकमा सहभागि बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले आहा रारा गोल्ड कप पोखराको ईज्जत र प्रतिष्ठाको बिषय भएकोले यस्तो विसम परिस्थितीमा झन बढी सहयोग गर्ने वचत दिएका हुन ।

“खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं ”भन्ने उद्देश्यका साथ आगामी माघ ५ गते बाट १६ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुन लागेको उक्त प्रतियोगितालाई विभिन्न राजनैतिक दलका प्रतिनिधि, खेलप्रेमी, समाजसेवी क्लबका मानार्थ सदस्य महेश गुरुङ्ग , संस्थापक अध्यक्ष बसन्त थकाली,पूर्व अध्यक्ष विक्रम थकाली,सल्लाहकार खेम बहादुर गुरुङ्ग, नागरिक समाजका प्रतिनिधि, स्थानीय लगायतले सहयोग गर्ने बताएका हुन ।

प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका १६ जिल्लाका २६ जना बालकहरुलाई निशुल्क शिक्षादिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने भएको क्लबका अध्यक्ष वीरभद्र आचार्य बताए । क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गुह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा वालकहरु आश्रित छन । उक्त अवसरमा मुल आयोजक समितिका सहारा यु.के.का कोषाध्यक्ष नारायण गुरुङ्गलाई माला तथा खादा लगाई स्वागत समेत गरिएको थियो । क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशब बहादुर थापाले प्रतियोगिताको उदेश्य माथि प्रकाश पारेका थिए ।प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब,विभागिय टिम,लिग विजेता थ्री स्टार,मनाङ्ग मस्याँङ्गदी लगायत विभिन्न १२ टीमहरुको बारेमा छलफल भएको क्लवका महासचिव केशबराज बरालले जानकारी दिए ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन,रेडबुलको सह प्रायोजन,माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद परिषद-अखिल नेपाल फुटबल संघ-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति-जिल्ला खेलकुद विकास समिति कास्की-एन्फा,कास्की-सहारा यु.के.-सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोग पावर्ड बाई नोभा दुध,अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल,नमस्ते एजुकेशन,वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स,एल जि.टि.भी.सानमिगेल, नमस्ते एजुकेशन समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button