एमाओबादीले फेरी बन्दुकले धम्काउन खोजेको कोईरालाको आरोप

पोखरा, १७ पौष –

 नेपाली काग्रेंसका सभापति शुशिल कोईरालाले एमाओबादीले फेरी पनि बन्दुकले धम्काउन जोखेको आरोप लगाएका छन ।

सुक्रबार पोखरामा नेपाली कागेंस कास्कीको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति कोईरालाले एमाओबादीले फेरी बन्दुकले धम्काउने राजनीति गरेको आरोप लगाएका हुन । मधेषमा उठेको मागलाइ सम्वोधन गर्न भन्दा पुरानै शैलिमा बन्दुकको डर धम्की देखाएको उनको आरोप थियो ।

मधेसी मोर्चाको माघ पुरा गर्न सकिने बताएका सभापति कोईरालाले भने “१० बर्षे द्धन्दमा लागेको माओबादीलाई त हामीले वार्ता र छलफलबाट समाधान दिन सक्यौं भने मधेसमा उठेको मागलाई पनि हामीले वार्ताबाटै समस्या समाधन गर्न सक्छौं ।” पुर्व प्रधानमन्त्री समेत रहेका सभापति कोईरालाले मुलुकमा हाल संकट आएको बेला राष्ट्रिय एकता, सहमती, सहकार्यबाट राष्ट्रिय एकताको मेलमिलाप गर्नु पर्नेमा जोड दिए । उनले भने “ सहकार्य, सहमति र एकताको मेलमिलाप गर्नुपर्दछ भनेर हामीलाई अन्तर्राष्ट्रिय रुपबाटै सुझाव आएको छ, यसलाई त सवैले मान्नु परयो । ”

नेपाली कागेंसको ठुलो जिम्मेवारी भएको बताउदै सभापति कोईरालाले देशमा देखिएको मधेस आन्दोलन सहितका समस्यालाई समाधान गर्न आफ्नो पार्टी कटिवद्ध भएको जिकिर गरे । कागेंस पार्टी भित्र व्यक्तिवादी हावी भएकोमा गुनासो गर्दै उनले भने “पार्टी भित्रका कुरा छलफलमा प्रष्टरुपमा राख्नु पर्दछ व्यक्ति वादीको राजनीतिक गर्न तत्काल छाड्नु पर्दछ, धेरै सघर्षबाट आएको पार्टीलाई हल्लका रुपमा लैजान र हेर्न पनि हुदैन । ” आफु प्रधानधन्त्री हुदा देखि हालसम्म कुनै गल्ती भएको भए तत्काल आफुलाई जानकारी गराउन आग्रह गर्दै सभापति कोईरालाले पार्टीको एकतालाई खलवलाउने गरी व्यक्ति वादीको राजनीति नगर्न आग्रह गरेका हुन ।

१२ औं महाधिवेसनबाट एकताको सन्देश दिए पनि हाल विभिन्न गुट उपगुट भएकोमा उनले चिन्त्ता व्यक्त गरे । संस्थागत मर्म र भावनामा अनुसासनमा रहेर काम गर्न पार्टीका नेतालाई उनले आग्रह गरे । पार्टी एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताउदै सभापति कोइरालाले अब पार्टी एक ढिक्का हुने दाबी गरे । नेपाली कागेेंसका केन्द्रीय सदस्य एवं पुर्व अर्थ-वन मन्त्री समेत रहेका महेश आचार्यले कागेंसले हाल सक्ताको राजनीतिक गर्न नखोजेको बताए । सरकार परिर्वतन आफुहरुले गराउन नचाहेको बताउदै आचार्यले शान्त हृदयले सिमाङकको बिषयमा जानुपर्ने बताए । उनले भने “सिमाङकको बिषयलाई मुकुलकमा केहि शान्त भएको अबस्थामा तीन महिना लागेर भएर पनि टुंगाउनु पर्दछ । ”नेपाली कागेंस कास्कीका सभापति यज्ञ बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको पार्टी कार्यालयमा बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Kina tani feri pm ma utheko akhir afno swarthako Laguna mel milap r sahakarye garnu pardo rahixa jhusil ba

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button