एम एम टी अप्रोच इन क्लासरुम टिचिङ सम्वन्धि तालिम तथा कार्यशााला सम्पन्न

पोखरा, १५ माघ –

एम एम टी टीमको आयोजना तथा अमेरीकी दुतावासको सहयोगमा एम एम टी (मोटिभेसन, मेटरीअल र टेक्नोलोजी ) अप्रोच इन क्लासरुम टिचिङ सम्वन्धि तालिम तथा कार्यशााला शुक्रवार सम्पन्न भयो ।

माघ १३ गते देखि १५ गते सम्म पोखरामा भएको उक्त तालिममा जिल्लाका २४ वटा बिद्यालय बाट नि. मा. वि. तहका २४ शिक्षक तथा २४ बिद्यार्थी गरी जम्मा ४८ जना सहभागीहरुले प्रशिक्षण लिएका थिए । उक्त कार्यशाला शिक्षक र विद्याथीहरुको ब्यक्तित्व विकासका साथै शिक्षण तथा अध्ययनका लागि अति नै प्रभावकारी रहेको साथै जिल्ला शिक्षाकार्यलले पनि आउदादिनहरुमा यो टिम संग सहकार्य गरि अगाडि वढ्ने वातावरणमिलाउने प्रतिवद्दता प्रमुख अतिथि एव. जि. शि. का. कास्कीका साहयक जिल्ला शिक्षा अधिकारी केदार आचार्यले वताउनु भयो।

कार्यक्रमका पोखरा सँयोजक एबं गण्डकी उ. मा. बि. पोखराका गणित शिक्षक स्थिर बाबु सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरीकी दुतावासका प्रतिनिधि एवं रिजनल इङलिस ल्याङग्वेज अफिसर (रेलो) रसल वारचेक र रिजनल इङलिस ल्याङग्वेज अफिसका कार्यक्रम विशेषज्ञ विश्वराज गौतमको विसेस आतिथ्यता रहेको थियो ।

रेलो अफिसर रसल वारचेकले यो एम एम टी अप्रोच अत्यन्त नयां तथा प्रभावकारी रुपमा अगाडी आएको र वर्तमान शिक्षण सिकाईकालागि सान्र्दििभक रहेको कुरामा जोड दिनु भयो ।

एम एम टी कार्यशालाले उत्प्रेरणा, सामाग्री र प्रविधि को संयोजन मिलेको खण्डमा मात्र प्रभावकारी सिकाइ हुने कुरालाइ जोड दिएको थियो। । सो कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ताहरु मध्ये मोटिभेसनमा रबिन कटुवाल, गणित सामग्री निर्माणमा चिन्तामणी शर्मा र खडकराज अधिकारी, गणित प्रविधी विषयमा स्थिर बाबु सुबेदी, साथै अग्रजी सामग्री निर्माणका विषयमा एलेक्स लौरी, नवराज नेउपाने, पिताम्बर पौडेल र प्रविधी विषयमा टिका प्रसाद सुवेदी , देवराज कटुवाल र पेमाकला भुषालले प्रशिक्षण तथा सहजीकरण गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य टीमका तर्फवाट खडकराज अधिकारीले गर्नु भएको थियो भने, टिम लिडर टिका प्रसाद सुबेदीले कार्यक्रमको परिचय साथै झापामा सम्पन्न कार्यक्रमको सफलता जस्तै यहांपनि सफल हुने अपेक्षा राख्नुभएको थियो । नेल्टाकास्की अध्यक्ष पितृराज बास्तोलाले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घाटन तथा समापन सत्र को संचालन रेडीयो अन्नपुर्णका संचारकर्मी ऋषि खतिवडाले गर्नुभएको उक्त कार्यक्रम पोखरा स्थित पोखरा पार्टी प्यालेसमा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button