एलआईसीद्धारा ३० घर परिवारलाई विमा रकम हस्तान्तरण

पोखरा ,१९ मंसिर-

गत वैशाख १२ आएको विनाशकारी भूकम्पमा परी मृत्यु भएका मध्य ३० जनाको घर परिवारलाई लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले विमाको दाबी रकम भुक्तानी गरेको छ । कम्पनीमा विमा गरेका उनीहरुको विमा दाबी रकम भुक्तानी अन्र्तगत एक करोड २० लाख रुपैया भुक्तानी गरीएको कम्पनीका प्रम्ुख कार्यकारी अधिकृत (सीइओ) प्रमोदरन्जन मिश्रले बताए ।

विमा सम्बन्धि प्रशिक्षण तथा विमाश्री अवार्डं वितरण गर्न सुक्रबार पोखरा आएका सीइओ मिश्रले पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै करीब ९ हजार जनाको ज्यान जाने गरी आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेहरु मध्य करीब २ प्रतिशतले मात्र एलआईसीमा विमा गरेको बताए । एक लाख देखि २१ लाख सम्मको विमा दाबी रकम भुक्तानी गरीएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा हाल एलआइसीका ३४ जिल्लामा यसको कार्यालय स्थापना भएको छ ।

विगत १४ बर्ष देखि नेपालमा विमा गराउदै आएको यस कम्पनीमा लगानी भारत र नेपाल दुबैको संयुक्त रुपमा रहेको छ । हालसम्म नेपालमा ५ लाख ३६ हजार जनाले मात्र यसमा विमा गराएको सीइओ मिश्रले जनाए । भूकम्प पछि नेपालमा विमा गराउने सङख्यामा दुई÷तीन महिना जसो ५० प्रतिशतले बढे पनि पछिल्लो दुई महिना देखि विमा गराउनेहरुको सङख्यामा कमि आएको मिश्रले बताए । उनले भने “देशमा हाल असहज परिस्थिती सृजना भएको छ, नेपालको अर्थतन्त्र खस्कदो अबस्थामा पुग्दैछ, सहज रुपमा अत्यावसेक बस्तुहरु उपलब्ध छैन । ”काठमाण्डौ पछि पोखरा शाखा कार्यालयबाट विमाको धेरै कारोवार हुने गरेको उनले जनाए । भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीले देशको धेरै क्षेत्रमा असर परेकोले यसको असर विमा क्षेत्रमा पनि उत्तिकै देखिएको छ । उक्त कम्पनी विमा कम्पनीहरु मध्यबाट यस बर्षए उत्कृष्ट करदाताको रुपमा सम्मानित समेत भई सकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button