ओली र आफु जेन्टलमेन्ट एग्रिमेन्टमा – प्रचण्ड

पोखरा, २४ जेठ –

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन्टलमेन्ट एग्रिमेन्टमा कटिवद्ध भएको बताएका छन । प्रेस सेन्टर नेपाल, कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रचण्डले दलहरु बिच भएको भद्रसहमति विपरित आफु र प्रधानमन्त्री केपी शर्मा ओली नरहेको प्रष्ट पारेका हुन ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दलहरु बिच भएको भद्रसहमति प्रधानमन्त्री केपी शर्मा ओलीले नतोडेसम्म अहिलेको सरकार परिवर्तन नहुने बताएका छन। उनले भने “भद्र सहमति भद्र व्यक्तिहरु बिच हुने एक सम्झौता हो, यसमा कुनै लिखित दस्तावेज हुदैन, यसमा म जेन्टलमेन्ट छदैछु, केपी ओली पनि जेन्टलमेन्ट हुनुहुन्छ हामी दुई जेन्टलमेन्ट हुदा सम्म कसैले सरकार परिवर्तन सम्वन्धमा केहि गर्न सक्दैन । ”

उनले सकारको बारेमा चर्चा परिचर्चा चलेको बताउदै, नौं बुदे सहमति भित्र जेन्टलमेन्ट भन्ने कुरा एग्रिमेन्ट गर्ने वालाले सार्वजनीक नगरेसम्म हल्ला गर्नु उचित नुहने बताए । जेन्टलमेन्ट सम्झौतामा जेन्टल हुन नसके जेन्टलमेन्ट एग्रिमेन्ट तोडिने उनले जनाए ।

वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प आए देखि आफुले राष्ट्रिय सहमतिको लागि राष्ट्रिय एकताको खाचो भएको बताउदै आएको उनले बताए । अहिले संविधान कान्वयन गर्न, भूकम्पबाट प्रभावित भएको संरचनाको पुननिमार्ण गर्नको निम्त्ति राष्ट्रिय एकताको विकल्प नभएको प्रचण्डले बताए । उनले भने “मलाई सरकारमा जान कुनै हतारो छैन, राष्ट्रिय एकताको लागि राष्ट्रिय सहमति जसको नेतृत्वमा सरकार वन्न सक्छ, त्यसैको पक्षमा समर्थन गर्न हामी कटिवद्ध भएका छौं । ”

संविधानलाई कान्वयन गर्नु, मधेष तथा आदिवासि जनतातिका मागलाई वार्ताबाटै पुरा गर्नु र भूकम्पबाट प्रभावित क्षेत्रमा पुनस्थापना गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउदै अध्यक्ष प्रचण्डले अहिलेको अबस्थामा राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताए । संघिय लोकतान्त्रीक संविधान जारी भए पछि, राजनीतिक सहमतिबाटै देश भित्रै रोजगारको विकास गर्नको निम्त्ति, देशमा आर्थिक समृद्धिको लागि पनि आफुहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको उनले जनाए । कांगेसले पनि राष्ट्रिय सरकारको बिरोध नगर्ने उनले जनाए ।

पार्टी एकिकरणको प्रशंग कोट्याउदै उनले भने एमाओबादी फुटदा र जुट्दा छलाङ मार्ने गरी आएको बताए । उनले भने “हामी घिसिपिटे ढंगले केहि गर्दैनौं, हामी फुट्दा पनि १२-१५ वटा पार्टी फ्ट्यो एकता गर्दा पनि १२ वटा पार्टी एकै पटक जुट्यौं यो हाम्रो घिसेपिटे ढंगले होईन छलाङ मार्ने ढंगले हामी अघि बढ्छौं ।” अन्य केहि माओबादीलाई पनि एकिकरणमा ल्याउने प्रयास भएको बताएका प्रचण्डले विप्लपसंग र मोहन बैद्य किरणसंग पार्टी एकिकरणको बिषयमा पनि टेलिफोनमा कुराकानी हुदै आएको बताए । किरणले तपाईहरु एकता गर्नु होस म एकता बिरोधी होईन भनेको कुरा टेलिफोनबाट आफुलाई जानकारी गराएको प्रचण्डले जनाए । बजेट पछि पारीत हुदै गरेकोले यस पछि सरकार परिर्वतन हुन सक्ने केहि आशंका समेत उनले व्यक्त गरे । प्रेस सेन्टर नेपाल, कास्कीका संयोजक दिपक परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य सन्देश श्रेष्ठले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button