कमल भण्डारी र श्रीराम मगर दुवैको जित जारी

पोखरा, ११ पौष –

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारि १३ औं पोखरा राष्ट्रिय भेट्रान्स ओपन टेनिस प्रतियोगिता अन्तर्गत शनिबार भएको ३५ वर्ष माथिको एकल प्रतिस्पर्धामा उपाधीका दावेदार मानिएका श्रीराम मगर र कमल भण्डारी दुवैले आ–आफ्नों खेलमा जित हाँसिल गरेका छन् ।

श्रीराम मगरले बलराम सापकोटालाई ६–१, ६–१ ले तथा कमल भण्डारीले अर्जुन गुरुङ्गलाई ६–०, ६–० ले पराजित गरे । सोहि इभेण्टका अन्य खेलहरुमा राजन पौडेलले गोपीबहादुर भट्टराईलाई प्रतिस्प्रधात्मक खेलमा ७–५, ५–७ र सुपरटाईमा १०–२ ले पराजित गरेका थिए । त्यसअघिको खेलमा भट्टराईले रोशन केसीमाथि संघर्षपूर्ण खेलमा ६–२, ३–६ र सुपरटाईमा १०–२ को नतिजा निकालेका थिए । त्यसैगरि निरज थापाले आशिष सिग्देललाई ७–६, ६–२ ले, चिरायु जंगबहादुर थापाले रोहित सुनुवारलाई ६–२, ६–२ ले तथा राजु श्रेष्ठ गोर्खाले सुरेश श्रेष्ठलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका थिए । विकाश गुरुङ्गलाई नविन श्रेष्ठले ६–१, २–६ र सुपरटाईमा १०–२ ले पराजित गरे भने महेश श्रेष्ठले आत्माराम कार्कीलाई ७–५, ४–६ र १०–७ को कठिन सेटमा पराजित गरेका थिए ।

३५ वर्ष माथिकै डबल्सतर्फ राजु श्रेष्ठ र चिरायु जंगबहादुर थापाको जोडिले आशिष सिग्देल र छेवाङ लामाको जोडिलाई ६–३, ७–५ ले पराजित गरेका थिए भने पृथ्वीमान गुरुङ्ग र दिल गौतमको जोडिले अर्जुन गुरुङ्ग र भिष्म काउछाको जोडिलाई ६–४, ३–६, १०–० ले, कमल भण्डारी र राजु श्रेष्ठको जोडिले लोक गुरुङ्ग र नविन चालिसेको जोडिलाई ६–१, ६–१ ले पराजित गरे । त्यसैगरि कुमार गुरुङ्ग र सुरेश श्रेष्ठले अशोक गुरुङ्ग र शेषमणि चौधरीबाट वाकओभर पाएका थिए । राजन बिजुक्छे र नविन श्रेष्ठलाई पनि शिव सेढाई र तेन्जिङ्ग शेर्पाले वाकओभर दिएका थिए । राजु गुरुङ्ग र शरण गुरुङ्गलाई आत्माराम कार्की र देवेन गिरीले ६–१, ६–१ को सहज सेटमा पराजित गरे भने चन्द्र लामार विरेन लामाले गोपाल ज्ञवाली र अनिल सेन्चुरीलाई ६–३, ६–४ ले पराजित गरे ।

४५ वर्ष माथिको सिंगलमा उत्तम बोगटीले दिनेश तुलाधरलाई ६–१, ६–४ ले, सुदर्शन विष्टले विमल बसेललाई ६–२, ६–१ ले समिर शेरचनले नरेन्द्र कुमार सिंहलाई ६–२, ६–३ ले, राजु गुरुङ्गले शिव सेढाईलाई ६–२, ७–५ ले पराजित गरेका थिए भने पदक गुरुङ्गले बल गुरुङ्गबाट तथा राजु श्रेष्ठ, काठमाण्ठौले केशब प्रधानसंगबाट वाकओभर पाए । त्यस्तै, सुनिल श्रेष्ठले ज्याम्बो शेर्पाबाट वाअओभर पाए । तामाङ्गबाट वाकओभर पाएका हिमाल शाह सिजर गुरुङ्गसंग ६–३, २–६ र १०–५ ले पराजित हुन पुगे । काजी गुरुङ्गले सुसिल पाण्डेलाई ६–३, ६–४ ले पराजित गरे ।

५० वर्ष माथिको डबल्समा राजेन्द्रसिंह भण्डारी र बिमल गुरुङ्गले विजयी शुरुवात गरे । सो जोडिले गोपाल दास मानन्धर र ज्याम्बो शेर्पा जोडिलाई ६–१, ६–१ ले पराजित गरेको हो । त्यस्तै, ५५ वर्ष माथिको एकलमा विकाश राणाले बसन्त प्रधानलाई ६–१, ६–२ ले पराजित गरे । पोखरा रंगशालाको दुई वटा कोर्ट , बि एण्ड बि चाउथे कोर्ट र गुरुङ्ग भिलेज लेकसाइडमा प्रतियोगिताहरु भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button