कायाकल्प डाइट एण्ड स्लिमिङ क्लिनिक संचालनमा

पोखरा, ८ मंसिर-

पोखराका न्यरोडमा कायाकल्प डाइट एण्ड स्लिमिङ क्लिनिक संचालनमा आएको छ । पोखरामा पहिलो पटक संचालनमा आएको क्लिनिकमा शुभारम्भको अवसर पारेर मोटोपनको निशुल्क परिक्षण भइरहेको डाइटिसियन सुमन गुप्ताले बताउनुभयो । उहाँले क्लिनिकबाट हरेक रोगको उपचार थेरापिक डाइटबाट गराइने बताउनुभयो ।

करीब ३० लाखको लगानिमा संचालनमा आएको क्लिनिकमा ब्यालेन्स डाइटद्धारा डाईबेटिस तथा थाइराइड रोगको सफल उपचार, प्रत्येक रोगको पहिलो मूल कारण मोटोपनको उपचार १०० प्रतिशत ग्यारेण्टीका साथ २० दिनमा ५ देखि १० केजी तौल घटाइने, कुनैपनि साइड इफेक्ट रहित बिएमआइ हेरी अत्याधुनिक बडि एनलाइजर मेसिनद्धारा चेक गरी फ्याट र वाटर लेभल छुट्याई फ्याट घटाइने, बाथ रोगको लागि लिम्प थेरापिद्धारा सफल उपचार गरिने, एकै दिनमा अल्ट्रासोनिक युलिपो मेसिनद्धारा १.५ देखि ३ सि.एम सम्म मोटोपन घटाइने गुप्ताले बताउनु भयो ।

क्लिनिकबाट सिफजियोथेरापीको अत्याधुनिक मेशीनबाट उपचार गरीने डाइटिसियन गुप्ताको भनाई छ । अहिलेको सन्दर्भमा विभिन्न ठाउँमा मोटोपन घटाउने विज्ञापनहरु आउने भएपनि डाइटिसियनद्धारा मोटोपन ग्यारेण्टीका साथ आफुहरुले घटाइने उहाँको भनाई रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button