कास्की जिल्ला आर्चरी संघको अध्यक्षमा शेरचन

पोखरा, १८ पौष –

कास्की जिल्ला आर्चरी संघको शनिबार पोखरामा सम्पन्न भएको बार्षिक साधारण सभा तथा चौथो अधिवेसनले योगेन्द्र बहादुर शेरचनको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

४ बर्षे कार्यकालको लागि उक्त समितिको उपाध्यक्षमा महेन्द्र ताङवे, सचिवमा दिप पुन, कोषाध्यक्षमा भिम छन्त्याल, सहसचिवमा निर्मल थकाली, सदस्यहरुमा किशोर कुमार गुरुङ, दिपक तुलाचन, प्रमेश गुरुङ, अमृत गुरुङ, गोविन्द ध्वार्चन र चन्द्र पुन रहेका छन ।

उक्त अवसरमा अन्नपूर्ण आर्चरी क्लवको बार्षिक साधारण सभा तथा पाँचौं अधिवेसनले ३ बर्षे कार्यकालको लागि किशोरकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गुरुङ यस अघि पनि अध्यक्ष सम्हालि सकेका छन । समितिको प्रथम उपाध्यक्षमा वसन्त थकाली (साकुरा), द्धितीय उपाध्यक्षमा दिपक तुलाचन, सचिवमा संजीपमान तुलाचन, कोषाध्यक्षमा दलमान छन्त्याल, सहसचिवमा हिरामान लालचन र सदस्यहरुमा भिमबहादुर छन्त्याल, अमृत गुरुङ, ओम भट्टचन, गुप्ता बहादुर पुन, असिम शेरचन र जुम भट्टचन रहेका छन ।

उक्त संघ तथा क्लवको अधिवेसनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले समग्र कास्की क्षेत्रको खेलकुदको विकासको लागि आफुले समन्वय गर्न तयार रहेको बताए । उनले भने “यस क्षेत्रको खेलकुदको गतिविधि अगाढी बढाउन, कुन खेल संस्थासंग कस्तो समन्वय भुमिका खेल्नु पर्दछ त्यसमा म तयार छु, आउनुहोस सरसल्लाह गरौं, खेलकुदको विकासको लागि हामी एक हौं । ” उनले १२ साफ खेलको लागि पोखरामा वक्सीङ र उसु खेलको राष्ट्रिय वन्द प्रशिक्षण पोखरामा ल्याउन लागेको समेत बताए ।

आर्चरी खेलको विकास र विस्तारमा महत्वपुर्ण योगदान पुराएको भन्दै संघले महेन्द्र बादुर शेरचन र क्लवले किसन पुन मगरलाई सम्मान समेत गरेको छ । राखेपका सदस्य फत्तबहादुर गुरुङ, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष हरिध्वज तुलाचन, संघका अध्यक्ष वसन्त थकाली लगायतले सम्मान पत्रको साथमा सम्मानित व्यक्तिलाई दोसला र खादा ओढाएर सम्मान गरेका हुन । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले झोले खेलकुदका संघहरुलाई समयमै साधारण सभा तथा अधिवेसन नगर्ने उपर खारेज गर्ने चेतावनी दिएका छन । कास्की जिल्ला क्रिकेट संघका सचिव संजयकान्त सिग्देलले पहिलो पटक संघको कास्कीमा अधिवेसन भए पनि एक महिना भन्दा लामो समयदेखि पहिलो बैठक पनि बस्न नसकेको गुनासो गरे । संघका अध्यक्ष वसन्त थकालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा संघका सल्लाहकार रामकाजी वान्तवा, अन्नपूर्ण आर्चरी क्लका अध्यक्ष किशोर गुरुङ, क्लवका सल्लाहकार अजित शेरचन, संघका सल्लाहकार डा. सोमलसिंह तुलाचन, संघका सचिव योगेन्द्र शेरचन लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button