कास्की जिल्ला फुटवल संघमा खटपट

पोखरा, २१ पौष –

अखिल नेपाल फुटवल संघ एन्फा केन्द्रमा देखिएको विवादले कास्की जिल्ला फुटवल संघलाई पनि प्रत्यक्ष असर पार्दा पोखराका खेलकुदकर्मी चिन्त्तित भएका छन । केन्द्रमा एन्फा विवाद त्यस माथि राष्ट्रिय खेलाडीहरुको म्याच फिक्सिङ, फुटवलको उर्रभर भुमि पोखरामा खेलाडी उत्पादनमा सहयोग गर्ने संस्था कास्की जिल्ला फुटवल संघ नै विगत केहि महिना देखि खेल गतिविधिमा प्रभावकारी ढंगले काम हुन नसक्दा यहाँका खेलकुदकर्मी चिन्तित भएका हुन ।

संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले एन्फा कास्कीले पछिल्लो क्रममा खेलगतिविधिहरु प्रभावकारी ढंगले अगाढी बढाउन नसकेकोमा दुखः व्यक्त गर्दै संघका पदाधिकारीहरु बिचको बेमेलले गर्दा पोखराको फुटवल विकासमा अबरुद्ध भएको बताए । उनले भने “केहि बर्ष अघि हामी देशभरको जिल्ला संघहरु मध्य उत्कृष्ट हुने थियो, तर संघ हाल एन्फा केन्द्रले छनौट नगर्दा हामीलाई निकै चिन्क्ता लागेको छ, यस्तो पाराले पोखराको फुटवल विकास हुन सक्दैन । ” गोपी बहादुर भट्टराईले करीब डेढ बर्ष एन्फा कास्कीको अध्यक्षबाट राजिनामा दिए पछि सुस्ताउदै गएको एन्फामा हाल आर्थिक हिनामिना गरेको आरोप प्रत्यारोपमा पदाधिकारीहरु बिच खटपट भएको छ । रेवान पोखराका अध्यक्ष समेत रहेका भट्टराईले आफ्नो कार्य व्यस्तताको कारणले गर्दा राजिनामा दिएपछि कार्यवाहक अध्यक्षको रुपमा धरमसिंह लामिछानेले एन्फा कास्कीलाई राम्रोसंग सम्हाल्न नसक्दा नियमित बैठक समेत कोरम पुग्न छाड्दै आएको छ भने एक पछि अर्को गरी जिम्मेवारी पदमा रहेका ३ जना पदाधिकारीहरुले समेत राजीनामा दिएका थिए ।

एन्फामा आफु रहदा सम्म आर्थिक रुपमा सवै हिसाव पारदर्शी गरी छाडेको दाबी गरेका भट्टराईले हाल एन्फामा भएको विवादले गर्दा खेलकुदको विकासमा असर पर्छ की भन्दै चिन्त्ता व्यक्त गरे । उनले भने “खेलकुदमा पारदर्शी हुनु पर्छ, फुटवलको विकास हुने गरी एन्फा कास्कीले खेल गतिविधिलाई अगाढी बढाउनु पर्दछ, यसमा हामी बाहिर रहेर पनि के कस्तो सहयोग गर्नु पर्छ, त्यसमा हामी तयार छौं । ”

६ महिना भित्र कार्यवाहक अध्यक्षले बिषेश साधारण सभा गरी अधिवेसन वोलाउनु पर्नेमा हालसम्म कार्यवाहकको रुमपा संचालन गर्नू एन्फा कास्की को वैधानिक प्रति नै प्रश्न चिन्हः उठ्ने स्वभाविक भएको पुर्व अध्यक्ष गुरुङले बताए । मनकामना केवलकार पोखरा कपको आर्थिक हिनामिना भएको आरोपमा एक अर्कोले आरोप प्रत्यारोप लगाउन थाले पछि सल्लाहकार सहितको हालै सम्पन्न भएको एक बैठकले प्रतियोगितामा दिनु पर्ने सवै व्यक्तिहरुले हिसाव मिलान गर्ने र बिषेश साधारण सभा वोलाउने निर्णय भएको छ । आगामी सोमबार बिषेश साधारण सभा आयोजना हुने भएको बताईन्छ । एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङले विभिन्न दाताहरुले उक्त प्रतियोगिताको लागि सहयोग गर्ने भनी दिएको वचनको आधारमा सो रकम नदिएको कारणले गर्दा केहि रकम उठ्न नसकेको बताए । आफुहरुले उठाएको सम्पुर्ण रकम बुझाएको र एक लाख रुपैया वेलायतबाट आउनु पर्नेमा ढिलाई भएको उनले जनाए । एन्फा कास्कीका कार्यवाहक अध्यक्ष लामिछानेले केन्द्रबाटै एन्फालाई फुटाउने गरी राजनीतिक भएको कारणले गर्दा एन्फामा समस्या आएको बताए । उनले भने “ फुटवलमा पनि राजनीति हुदो रैछ, काम गर्न सक्ने अबस्था छैन, एन्द्रबाटै एन्फालाई फुटाउन खोजिएको छ । ” आर्थिक हिनामिना भएको बिषयमा भने साथीहरुले हिसाव मिलान गर्दै गरेको उनले बताए । एन्फाका जिम्मेवार पदाधिकारीहरुले समयमै उठेको रकम पनि नबुझाएको कारणले गर्दा एन्फा कास्कीमा विबाद आएको श्रोतले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button