गिलुङमा खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने

पोखरा, २३ पौष –

लमजुङको पर्यटकीय गाउँ गिलुङमा क्वोइ च्हों देवी खुल्ला पुरुष तथा महिला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । गिलुङको चिसापानीस्थित मिलन युवा क्लवको आयोजनामा यहि माघ २ गतेदेखि ६ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

स्थानीय बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले क्लवले यसअघि वर्षेनी विद्यालय प्राङ्गणमा प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।

प्रतियोगितामा सहभागिताका लागि माघ १ गते टिम दर्ताको अन्तिम मिति रहको बताइएको छ । पुरुष फुटवलतर्फ प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटवल प्रतियोगितातर्फ प्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

विद्यालयको वार्षिकोत्सव समारोहमा माघ ६ गते विजयी टिमलाई पुरस्कार वितराण गरिने अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताका अवसरमा क्लवले विविध साँस्कृति कार्यक्रम पनि आयोजना गर्ने उनले बताए ।

२०४२ सालमा स्थापित मिलन युवा क्लवले २०५४ सालदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवले यहि वर्षदेखि महिला फुटवल प्रतियोगिता पनि समावेश गर्न लागेको हो । प्रतियोगितामा कास्की र लमजुङका फुटबल क्लवहरुले सहभागिता जनाउने गरेका छन् । राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने प्रतियोगितामा गतवर्ष सहभागि १७ टिमलाई हराउँदै लमजुङको करापुटारस्थित रामबजार क्लवले उपाधि जितेको थियो ।

गिलुङको पर्यटन प्रवद्र्धनमा फुटवल प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको लायन्स क्लव अफ अन्नपूर्णका पुर्वअध्यक्ष आशिष गुरुङले बताए । ‘गिलुङमा विगत दुई वर्षदेखि ३० घरमाम होमस्टे समेत सञ्चालन गरिएको छ’, उनले भने, ‘फुटवल हेर्न आउने पाहुँनालाई बसोबासको लागि कुनै समस्या हुँदैन ।’ प्रतियोगिताकै अवसरमा गुरुङ संस्कृतिमा आधारित घाटु नाँच र कृष्णचरित्रको पनि प्रदर्शन गरिने गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button