गुप्तेश्वर महादेव क्याम्पसमा महिला स्वास्थ सचेतना कार्यक्रम सम्पन्न

पोखरा, ३ माघ –

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ को आठौं वार्षिकोत्सवको अवसरमा आइतवार महिला स्वास्थ सेचतना कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा क्याम्पस तथा विद्यालयमा प्याड राख्ने अभियान अनत्रगत क्याम्पसमा प्सेनेटरी प्यााडको व्यवस्था गरिएको छ ।

क्याम्पस प्रशासनले प्याडको निशुल्क व्यवस्थापन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले स्वास्थ नै धन भएको भन्दै सानो हेलचक्राईका कारण ठुलो असर गर्ने हुदा स्वास्थमा सचेत हुनुपर्नेमा जोड दिए । उनले सचेतना तथा सेनेटरी प्याडको व्यवस्था गरेर क्याम्पस प्रसासनले प्रशंसीनय र उपलव्धीपुर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्दै गुफा व्यवस्थापन समितिका तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा महिला स्वास्थ ससम्न्धी सचेतनाको सहजिकरण तथा प्याड अभियानका वारेमा अभियन्ता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले सहजीकरण गरेकि थिइन् । उनले कास्कीलाई जिल्ला शिक्षा कार्यालयको सहकार्यमा एस्एल्सीका हरेक सेन्टरहरुमा सेनेटरी प्याडको व्यवस्था गर्ने पहीलो जिल्लाका रुपमा घोषणा गरीएको र अन्य १७ वटा जिल्लामा समेत पहल गरीएको जानकारी दिइन् । साथै अव एस्एल्सीका वेला मात्र होइन हरेक क्याम्पस र विद्यालयमा प्याडको व्यवस्था गर्ने पहीलो जिल्लाका रुपमा समेत घोषणा गर्न सवैले सहयोग गर्नुपर्नेमा जोड दिदै क्याम्पस प्रशासनलाई धन्यवाद ज्ञापन गरिन् ।

क्याम्पस प्रमुख धनश्याम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका प्रध्यापक लेखनाथ वरालगोपिले स्वागत गरेका थिए भने सञ्चालन जमुना अर्यालले गरेकि थिइन् । कार्यक्रममा वोल्दै सृजनसिल विद्यार्थी मंचका अध्यक्ष युवराज थापा पराजुली र सदस्य सन्ध्या रानाभाटले छात्राका लागी उपयोगि अभियान भन्दै अन्य कलेज तथा विद्यालयले समेत उक्त अभियानलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा प्याड वक्स छात्रालाई सामाजिक जागरणका लागि नारी अभियानका संयोजक पौडेल र सदस्यहरु सरिता घिमीरे, लक्ष्मि पोख्रेल लगायतले हस्तान्तरण गरेका थिए । सोही अवसरमा नारी उत्थान दिदीवहीनि समुहका तर्फवाट कम्वल संकलन अभियानलाई तिन हजार हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button