गोर्खा वराह ज्वेलर्सको बार्षिकोत्सवमा विभिन्न कार्यक्रम

पोखरा १४, असोज:

सुन चाँदीका गर–गहनाको क्षेत्रमा छुट्टै पहिचान बनाएको गोर्खा एण्ड वराह ज्वेलर्सको बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै छ । ज्वेलर्सको चौथो बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै गरेको गोर्खा बराहका अध्यक्ष हरी धमलाले बताए ।

उना अनुसार विहिबार पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ४३ युनिट रंक्त संकलन भएको छ । शिलान कराँतेका राष्ट्रिय तथा अन्तराट्रिय प्रशिक्षक डिल बहादुर सुनार लगायले रक्तदान कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता जनाएको उनले जनाए । सुन चाँदी व्यवसायी समिति कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतमले पहिलो रत्तंmदाता सम्राट गुरुङलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन ।

गोर्खा कम्युनिटका अध्यक्ष तथा गोर्खा एण्ड वराह ज्वेलर्सका संचालक मेजर लक्ष्मी प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा गोर्खा ज्वेलर्सका अध्यक्ष धमला, धराना शाखा प्रमुख मानबहादुर विक, गोर्खा कम्युनिटिका सल्लाहकार प्रेम बहादुर थापा, सचिव डव्लु.ओ.टु. भूपाल कुवंर लगायतले रक्तदानको बारेमा चर्चा गरेका थिए ।

भोलि सुक्रबार पोखरा नदीपुरको गार्डेन पार्टी प्यालेसमा चौथो बार्षिकोत्सव समारोह हुने भएको छ । उक्त अवसरमा गहन प्रर्दशनी सहित फेशन सो समेत हुने भएको छ । बार्षिकोत्सवको अवसरमा ज्वेलर्सले गोर्खा भूपुका छोराछोरीलाई प्रदान गरीने गोर्खा ताराबाट यस बर्ष चन्द्रा गुरुङलाइ सम्मान गरीने भएको छ । गुरुङ भूतपुर्व सेनाकी छोरी हुन भने उनी हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी निरिक्षक पदमा कार्यरत छन । भूतपुर्व सेनाका छोराछोरीले सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएका एक जना व्यक्तिलाई उक्त सम्मानबाट सम्मान गर्न लागिएको अध्यक्ष धमलाले बताए ।

ज्वेलर्सको धरान, काठमाण्डौं हुदै वेलायत र हङकङसम्म यसको शाखा कार्यालय विस्तार भएको छ । ज्वेलर्सले हरेक दिनको प्रति विलबाट ५० रुपैया संकलन गरी बार्षिक रुपमा दलित, विपन्न, गरीब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति दिदै आएको छ । यस बर्ष छात्रबृत्ति अन्र्तगत एक लाख ४ हजार रुपैया सहयोग हस्तान्तरण गरीने भएको अध्यक्ष धमलाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button