घार्मीमा हिल साइड क्याफे सञ्चालन

पोखरा, २९ मंसीर –

पर्यटकको संख्या बढ्दै गएपछि पोखरा नजिकैको घार्मीमा हिल साइड क्याफे सञ्चालन आएको छ ।

स्थानिय तीन जना युवाहरुको लगानीमा सञ्चालित क्याफेको आफ्नै पिता प्रेमप्रसाद पौडेल र आमा गोमादेवी पौडेलले उद्घाटन गर्नुभयो । घार्मी सहित ट्याम्के डाँडा लगायतका क्षेत्रमा पुग्ने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढेपछि पोखरा—१९ घार्मीका युवा अभिषेक, पिताम्बर, टंकनाथ पौडेलले रेष्टुरेण्ट व्यवसायमा हात हाल्नुभएको हो । उद्घाटनको अवसरमा एक महिनाभरि आन्तरिक तथा बाह्य पर्यटकका लागि क्याफेले विशेष छुटको व्यवस्था गरेको छ ।

विदेश जाने इच्छालाई तिलाञ्जली दिएका पौडेल युवाहरुले स्वदेशमै केही गरौँ भन्ने भावनाका कारण व्यवसायमा हात हालेको बताउनुभयो । युवा टंकनाथ पौडेलले रेष्टुरेण्टमा पारिवारिक वातावरणमा नेपाली तथा इण्डियन खाना सहित स्थानिय पोखरीमा उत्पादित माछाका परिकार पाइने जानकारी दिनुभयो । पौडेलले स्थानिय राम्चे पोखरी भाडामा लिएरै माछापालन समेत गर्नुभएको छ । घरमै अर्गानिक तरकारी उत्पादन गरेका पौडेलले स्थानिय कुखुराका परिकार पनि पाहुनाका लागि उपलब्ध गराइने बताउनुभयो । छोटो पदयात्राका लागि प्रख्यात घार्मीमा पछिल्लो समय मर्निङवाक गर्ने र घुमघाम गर्नेको संख्या बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

करिब १५ लाख रुपैँयाको लगानीमा सञ्चालन गएको रेष्टुरेण्ट नाकाबन्दी र निर्माण सामाग्रीको अभावमा केही ढिला भएको हो । यसअघि दशैँ अगाडि नै सञ्चालनमा ल्याउने तयारी पौडेलले गर्नुभएको थियो । घार्मीका केही युवाहरु लामो समय विदेशमा बसेर फर्किएपछि स्वरोजगारमा लागेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button