चक्काजामका क्रममा दुई सय प्रदर्शनकारी पक्राउ

काठमाडौँ, १३ जेठ –

यातायात व्यवसायीले आज गरेको चक्काजाममा तोडफोडमा संलग्न २०२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीका अनुसार चक्काजामको अवधिमा छ सवारी साधन तोडफोड भएका छन् । व्यवसायीले देशभर चक्काजाम गर्ने भने पनि काठमाडौँ उपत्यका बाहिर तोडफोड र पक्राउको घटना नभएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुने गरी जरिवाना शुल्क अत्यधिक वृद्धि गरिएको भन्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घलगायत यातायात व्यवसायी सम्बद्ध सङ्घसंस्थाले आज सार्वजनिक सवारी साधन नचलाई विरोधमा उत्रिएका हुन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button