जनताको शान्ति सुरक्षामा अहो रात्र खट्न निर्देशन

पोखरा, २३ मंसीर-

गृह मन्त्री शत्तिबहादुर बस्नेतले देशमा संकट परेको यो अबस्थामा भएको सिमित श्रोत साधनलाई उच्चतम प्रयोग गरी शान्ति सुरक्षालाई मजवुद बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन । गृह मन्त्रालयको आयोजनामा गण्डकी र धौलागिरी अञ्चलको क्षेत्रीय सुरक्षा सम्वन्धि अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री बस्नेतले भएको श्रोत साधनलाई बढी भन्दा बढी प्रयोग गरी जनताको शान्ति सुरक्षामा अहो रात्र खट्न निर्देशन दिएका हुन ।

विषयम परिस्थितिमा जनताको जिउ, धनको सुरक्षाको लागि कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिदै उनले भने “असजह परिस्थितिमा सुरक्षा निकायको भुमिका अझ प्रभावकारी हुनुपर्दछ्, कत्तिपनि विचलित नभइकन शान्ति सुरक्षा, अमनचयन कायम गर्नमा सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस, कोहि आफ्नो कर्तव्य पालना गर्न नचुक्नु होस । ” यस क्षेत्रमा तराईमा जस्तो शान्ति, सुरक्षामा चुनौति नभएपनि जनताको सेवामा खटिरहन आग्रह गर्दै गृह मन्त्री वस्नेतले यस क्षेत्रमा पर्यटनको धेरै सम्भावना भएकोले यसमा बढी सजग हुन आग्रह गरे ।

कार्यक्रममा १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरीएको थियो । सुरक्षा अन्तरक्रियमा गृहसचिव नारायाणगोपाल मलेगो, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, गण्डकी र धौलागिरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, क्षेत्रीय सुरक्षा समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष सुरक्षा रणनीति बनाउन क्षेत्रीय स्तरमा अन्तरक्रिया हुने गरेपनि खासै सुधारको संकेत भने देखिएको छैन । मुलुक संघीयतामा गएपछि प्रदेश नम्बर ४ मा पर्ने १० जिल्लाकोे सुरक्षा अवस्था बारेमा छलफल भएको होे । अन्तरक्रियामा भारतीय नाकाबन्दी पछि चिनतर्फको मुस्ताङको कोरला नाका खोल्ने बारेमा पनि छलफल भएको बताईन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button