जाडोबाट मृत्यु

गौशाला, २६ मङ्सिर-

 

महोत्तरी जिल्लाको मटिहानी गाविसमा कठ्याङ्ग्रिदो जाडोबाट आज अपराह्न मटिहानी गाविस– ४ बस्ने ७० वर्षीय नथुनी पासवानको मृत्यु भएको छ । तीन चार दिनदेखि जिल्लामा चलेको शीतलहर र चिसो हावाका कारण पासवानको आज आफ्नै घरमा कठ्याङ्ग्रिएर मृत्यु भएको उनका छोरा सीतारामले बताएका छन् ।

निम्नवर्गीय परिवारका पासवानको पर्याप्त न्यानो लुगाफाटा र पोसिलो खानाको अभावमा मृत्यु भएको स्थानीय बासिन्दा बताउँछन् । जिल्लामा एक सातादेखि अत्यधिक जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button