जिल्लाको शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन – मैनाली

पोखरा, १० पौष –

कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जिल्लाको शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।

पश्चिमाञ्चल होटल संघ पोखराले मैनालीको स्वागत तथा सम्मानमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो भनाई राखेका हुन् । पर्यटन व्यवसायी र जिल्लाबासीसँग सहकार्य गरेर आफूले काम गर्ने बताउँदै उनले आफूले यहाँ केही राम्रो काम गरेर देखाउने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गरे ।

होटेल

शान्ति सुरक्षा नभए विकास र सेवा प्रवाहमा समस्या उत्पन्न हुने बताउँदै कर्मचारी प्रशाशनमा कास्की जिल्ला प्रतिको धारणा सकारात्मक रहेको पनि उनले बताए । कास्की जिल्लामा सेवाका लागि आउन चाहने प्रशाशकहरुको चाहना हुने भनाई पनि उनले राखे । पोखराको छवि देशविदेशमा निकै राम्रो रहेको बताउँदै उनले समग्र कास्की जिल्लाको विकास र सुरक्षामा समन्वयात्मक रुपमा अगाडि बढ्ने भनाई पनि उनले राखे ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले पोखरा र वरपरको पर्यटनमा ७५ अर्व रुपैयाँ भन्दा बढीको लगानी भएको जानकारी दिंदै यो लगानीको सुरक्षाको लागि पनि आफूहरुको बढी चासो भएको भनाई राखे । व्यवसायीहरु सदा जिल्ला प्र्रशासन कार्यालयसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको भनाई पनि उनले कार्यक्रममा राखे । एक आपसमा सहकार्य गरेर पर्यटनको विकास र विस्तारमा काम गर्न आफूहरु काम गरिरहेको सो अवसरमा अध्यक्ष पराजुलीले बताए ।
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखराको विकासका लागि आफू साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताए । यस्तो विकास कार्ययोजना बनाएर गर्न र जनतासँग सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार आफू अगाडि बढ्न तयार रहेको भनाई उनले राखे ।

कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार सुन्दरकुमार श्रेष्ठले पर्यटन र प्रशाशनको सम्बन्ध नङ र माशु जस्तो भएको बताउँदै लेकसाइड र समग्र पोखरा मात्र नभई कास्की जिल्ला नै सुरक्षित स्थल हो भन्ने सन्देश विश्वजगतलाई दिन जरुरी भएको भनाई राखे । संघका अर्का सल्लाहकार विश्वशंकर पालिखेले विकास निर्माणका काममा सहकार्य गरेर अगाडि बढ्नु अहिलेको आबश्यकता भएको बताउँदै चीनको ग्वान्जाउ नगरले पोखराको विकासको लागि गुरु योजना बनाइदिन्छु भनेको स्मरण गराउँदै त्यस्तो सहयोग लिन सक्नुपर्ने भनाई राखे ।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका सल्लाहकार विप्लव पौडेलले पोखरा र जिल्लाको विकासको लागि आफूहरु आर्थिक, भौतिक र नौतिक जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । संघका सल्लाहकार बच्चुराम तिवारीले पोखरामा आन्तरिक र भारतीय पर्यटक बढाउन मिलेर काम गर्नुपर्ने बताए । संघका सल्लाहकार मेहरमान श्रेष्ठले फेवा तालको संरक्षण गर्ने तर्फ सबैको ध्यान हुनुपर्ने बताए ।

कार्यक्रममा फूलवारी व्यारेकका गणपति उज्वल थापा, कालिका गणका प्रहरी उपरीक्षक फणिन्द्र पौडेल र कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिवहादुर पालको पनि उपस्थिति थियो । कार्यक्रममा संघका प्र्रथम उपाध्यक्ष विकल तुलाचनले आगन्तुक महानुभावहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button