जुनसुकै बन्दको पनि भद्र अवज्ञा गरिने

पोखरा, ३ असोज :  पोखरा उद्योग वाणिज्य संघले जनसुकै राजनीतिक दल तथासमूहले आयोजना गर्ने बन्दको भद्र अवज्ञा गर्न उद्योगी÷व्यवसायी तथा नागरिक समाजसँग अनुरोध गरेको छ ।

बन्दको विकल्प खोजौँ, पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गरौँ भन्नेअभियानमा अगाडि बढेको संघको आइतबार सम्पन्न पदाधिकारी बैठकले सोअभियानलाई दृढतापूर्वक अगाडि बढाउने निर्णय गरेको हो । संघका अध्यक्ष विन्दुकुमार थापाका अनुसार आज अर्थात आइतबार संविधान जारीहुने खुसियालीमा राज्यले सार्वजनिक बिदा आह्वान गरेको तथा तथा सम्पूर्णनिजी क्षेत्र संविधानको स्वागतको लागि तत्पर भएकाले बन्दको अवज्ञाको लागिठोस कार्यक्रम भने आह्वान नगरिएको हो । आइतबार उप्रान्त जुनसुकै पार्टी रसमूहले बन्द आह्वान गरे पनि बिहान नौ बजे एकै समयमा पसल तथा आफ्नोव्यवसाय खोली बन्दको अवज्ञा गर्न उनले आग्रह गरे । उनले स्थानीय प्रशासनसँगपसल÷व्यवसायको सुरक्षा माग गरिएको जानकारी दिँदै प्रशासन सुरक्षा दिन तयाररहेको जानकारी पनि दिए ।

बन्दको अवज्ञा गर्ने क्रमको निरन्तरता स्वरुप सोमबार विहान ८ वजे पोखरा उद्योगवाणिज्य संघको सचिवालय गैह्रापाटनबाट मोटरसाइकल ¥याली आयोजना गर्नलागेकोले सहभागिताको लागि अध्यक्ष थापाले उद्योगी व्यवसायी एवं नागरिकसमाजसंग अनुरोध समेत गरे । मोटरसाइल ¥याली संविधान जारी भएकोखुसीयालीसंगपनि जोडिएको उनको भनाई छ ।

‘बन्द आह्वानकर्तासँग हाम्रो कुनै दुष्मनी छैन तर बन्द र हड्तालको हामी सदाबिरोधी हौँ र बिरोध गर्छौँ’, उनले भने‘ बन्द आह्वान गर्नु उहाँहरुकोअधिकार हो भने आफ्नो पसल व्यवसाय खोल्न पाउनु हाम्रो अधिकार हो ।’आफ्नो अधिकार खोज्दा अर्काको अधिकारको सम्मान गर्न उनले सबैसँग आग्रहपनि गरे ।

यसैगरी  अध्यक्ष थापाले अब आइन्दा शनिबार पनि आफ्नो पसल÷ व्यवसाय खुल्लाराख्न व्यवसायीहरुसँग  आग्रह गरेका छन् । कामदारले हप्तामा एक दिन बिदा पाउनुपर्ने आवाज उठेपछि व्यवसायीकै आग्रहमा संघ शनिबार पोखरामा पसल÷ व्यवसायबन्द गर्न सहमत भएको थियो । ‘अब समय फेरिएको छ, कर्मचारीलाई आलोपालोगरेर बिदा दिन सकिन्छ, बिदामा काम गर्नेलाई अतिरिक्त समयको पारिश्रमिक
दिनुपर्छ तर ब्यवसाय सधैँ खोल्नुपर्छ ।’– उहाँले भन्नुभयो ।

यता संविधान बनेपछि आफूहरुमा सम्वृद्ध नेपालको आशा पलाएको बताउँदै संघकामहासचिव रवीन्द्रबहादुर प्रजुले सोमबार यहाँका राजनीतिक दलहरुलेसभागृहचोकबाट बिहान ११ बजे आयोजना गर्ने विजय जुलुुसमा सहभागि हुनउद्योगी÷व्यवसायीसँग आग्रह  गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button