तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति

पोखरा, २६ मंसीर –
तीर्थहरि स्मृति प्रतिष्ठान, पोखराले शनिबार ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुमध्ये छानिएका ४ जनालाई जनही रु. ३ हजार रुपैयाँ नगदसहित स्टेशनरी सामानहरु छात्रवृत्तिका रुपमा प्रदान गरेको हो ।

९ विद्यालयका २७ जना गरिब तथा जेहेनदार विद्यार्थीहरुको परीक्षा लिई उत्कृष्ट भएका इन्द्रराज्यलक्ष्मी उच्च माविका सुमन राई, ज्ञानभूमि माविका अनिल शाह, बालमन्दिर उच्च माविकी प्रतिमा लामिछाने र शान्त उच्च माविकी सुषमा लामिछाने गरी चार जनालाई सो छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका सचिव अनुराग अधिकारीले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षतमा भएको छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी डा. राधेश्याम कायस्थले नेपालको शिक्षामा गुणस्तर छैन भन्ने भनाइको खण्डन गर्दै केवल व्यवस्थापनको कमजोरी भएको औँल्याउनुभयो । सचिव अनुराग अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा गणित शिक्षा परिषद्का केन्द्रिय उपाध्यक्ष तथा कास्की अध्यक्ष चिन्तामणि शर्मा, शान्त उच्च माविका प्रधानाध्यापक विष्णु भट्टराई, गायक रामभक्त जोजिजू, सञ्चारकर्मी रुपिन्द्र प्रभावीलगायलते बोल्नुभएको थियो । परीक्षाको निर्णायकहरुमा सञ्चारकर्मी तथा शिक्षक ऋषि खतिवडा, दीपक खड्का र विष्णु अधिकारी रहनुभएको थियो ।

आफ्ना माता र पिताका नाममा समाजसेवी वीरेन्द्र पालिखेले स्थापना गर्नुभएको छात्रवृत्ति कोषमा अनुपम म्युजिक पोखराले गत असारमा सम्पन्न गरेको अनुपम साङ्गीतिक साँझबाट बचत भएको रकम पनि थप गरिएको थियो ।

सो अवसरमा अध्यक्ष पालिखेले आगामी वर्षमा सामुदायिक विद्यालयबाट एस एल सी दिने विद्यार्थीहरुका लागि २ महिने निःशुल्क ट्युसन कक्षा पनि सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button