दलहरु मिल्नुको विकल्प छैन – महामन्त्री सिटौला

पोखरा, २० पौष –

नेपाली कागेंसका महामन्त्री तथा पुर्व गृहमन्त्रि कृष्ण प्रसाद सिटौंलाले दलहरु मिल्नुको विकल्प नभएको बताएका छन ।

प्रेस यूनियन कास्कीले सोमबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै महामन्त्री सिटौलाले संविधान निमार्णमा जसरी जुटेको राजनैतिक समेन्त्र हाल फुटेकोले देशको निकासको लागि सम्पुर्ण राजनैतिक दलहरु मिल्नुको विकल्प नभएको बताएका हुन । टुटेको राजनैतिक एकतालाई पुनः नजुटेसम्म देशले निकास नपाउने बताउदै उनले भने “भूकम्प पछि क्षतिग्रस्त क्षेत्रमा पुननिमार्ण र जारी भएको संविधानक  कान्वर्यनको पक्षलाई एकै साथ अघि बढानउनु पर्ने हाम्रो दाहित्व हो, तर राजनैतिक दलहरुको एकता जुट्न नसक्दा हिमाली क्षेत्रमा भूकम्प प्रभावित मरी राखेका छन, राजनैतिक समेन्त्र कमजोर भएकोले तराई मधेषमा आन्दोलन जारी छ । ” भूकम्प पुनः निमार्ण प्रकृयामा ढिलाई भएकोमा चासो दिदै महामन्त्री सिटौलाले प्राधिकरण विधयक पुन निमार्णमा सानो चित्त गरेर नहुने बताए । उनले अब सवै राजनैतिक दलहरु सहितको समेन्त्रले भूकम्प प्रभावितहरुलाई माया गर्न आग्रह गरे ।

संविधानको सिघ्र कान्वर्यन भएपछि मात्र देशमा रहेको गतिरोध अन्त्य हुने उनले दाबी गरे । नेपाली काग्रेंसको १३ औं महाधिवेसन एकताको महाधिवसनको रुपमा आफुहरुले सम्पन्न गर्न पार्टी भित्रको गुट उपगुटलाइ अन्त्य गरेर वडा देखि निर्वाचन प्रणालीमा जाने सिटौलाले बताए । उनले भने “हामीले बैचारीक, नितीगत दृष्टिले नयाँ रणनितिका साथ, पार्टी भित्र थप नयाँ शक्तिका साथ अघि बढ्ने छ । ” पार्टी भित्र निर्वाचन हुदा कुनै कमजोर नहुने बताएका नेता सिटौलाले राष्ट्रिय एकताको लागि कागेंस तत्काल सरकारमै जान आवश्यक नभएको बताए । एमाले, कागेंस, एमाओबादी लगायतका ठुला दलहरुको एकता, समजदारी भएरै संविधान आएको घटना स्मरण गर्दै सिटौलाले टुटेको एकतालाई फेरी नयाँ खोजि छलफल गर्नूपर्ने बताए । पुर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारले सेवा सुविधा दिनुपर्ने बताए ।

पुर्व राष्ट्र प्रमुख तथा मन्त्रीहरुलाई समेत सेवा सुविधा दिने बिषय निकै चर्चामा आए पनि आफु गृह मन्त्री भएर पनि खासै सुविधा नपाएको आसय व्यक्त गर्दै पाएसम्म सेवा सुविधा लिने मनसाय व्यक्त गरे । उनले भने ”राष्ट्रपति राष्ट्र अध्यक्ष हो, संविधानो पालनाकर्ता हो, देशको एकताको प्रवद्र्धनकर्ता हो त्यस्ता व्यक्तिहरुलाई सम्मान र सुरक्षा तथा सेवा सुविधा दिदा देशलाई भलाई नै हुन्छ । ” अन्य पुर्व मन्त्री तथा उच्च पदस्थ व्यक्तिको घर वासै छैन भने त्यसलाई भने सरकारले सोच्नु पर्छ । तराइ मधेषमा जुन रुपमा हिंसात्मक रुपमा आन्दोलन भईरहेको छ त्यस तर्फ लक्षित गर्दै सिटौलाले लोकतान्त्रीक देशमा कुनै पनि वाहानाा हिंसात्मक आन्दोलन गर्न नपाईने बताए । उनले भने “२००७ सालको आन्दोलन, २०४६ सालको, २०६२÷०६३ को आन्दोलनमा पनि दशगजा क्षेत्रमा आन्दोलन नभएको अबस्थामा भुपरिवेष्टीत देशमा यस्तो आन्दोलन पहिलो पटक भएको छ, यो निकै दुखः लाग्दो घटना हो । ” नाकावन्दी गर्नू नहुने बताउदै उनले हालसम्मका कुनै पनि आन्दोलना यस्तो प्रकृतिको आन्दोलन नभएको बताए । प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button