नेष्डो नेपालको ४७औं शाखाले ५ हजार विपन्नलाई सेवा दिने

तनहुँ, १८ पौष –

नेष्डो सुचना विभाग-राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ४७औं शाखा तनँहु जिल्लाको भिमादवजारमा शनिवार देखि शुभारम्भ भएको छ । लघुवित्त संघ, मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले सम्वृद्धीको दिप प्रज्वलन गरी एक औपचारिक समारोहका विच उक्त शाखाको शुभारम्भ गर्नु भएको हो ।

nessdo 2

यस भन्दा अगाडी संस्थाले तनहु सदरमुकाम दमौली, डुम्रे र खैरेनीटार गरी तीन स्थानमा शाखा सञ्चालनमा ल्याई सकेको छ । हालसम्म तीन शाखाले तनहुँ जिल्लाका ३९ नगरपालिका तथा गाविसका ५ हजार ९ सय ३ विपन्न परिवारलाई लघु वित्तीय सेवा प्रवाह गर्दै आई रहेका छन् । हाल शुभारम्भ भएको भिमाद शाखाले तनहु जिल्लाका भिमाद, छाङ, भानुमती, अरुणोदय, कोटदरवार, साभुङभगवती, माझकोट र स्याङजा जिल्लाको चित्रे भञ्याङ गरी ८ गा.वि.स. का ३ हजार २ सय विपन्न परिवारलाई सेवा दिने लक्ष्य रहेको छ ।

शाखा शुभारम्भ कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्व प्रकाश प्रसाईले नेपालमा गरिवी रहेसम्म संस्थाको गरिवी विरुद्धको अभियान निरन्तर जारी रहने वताउनु हुँदै शाखा विस्तारसंगै संस्थाको आत्मानिर्भरतामा कठिन पर्ने भएता पनि ग्रामीण समुदायमा घरदैलोमा नै पुगी सुलभ वित्तीय सेवा प्रवाह गर्ने संस्थाको लक्ष्य अनुरुप भिमादमा नयाँ शाखा खोलिएको वताउनु भयो । लघुवित्तमा विनाधितो कर्जा सेवाले मात्र विपन्न समुदायमा आर्कषक राहात पुग्न नसक्ने भन्नु हुँदै उहाँले नेष्डो नेपालले वचत, कर्जा तथा कल्याणकारी योजनालाई समेत परिमार्जन गर्दै थप आर्कषक वनाएको वताउनु भयो । लघु वित्त सेवा आर्थिक कारोवार मात्र नभई सामाजिक सेवा भएकाले लघु वित्त संस्थाहरु नाफामुखी नभई सेवामुखी हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

भिमाद रेडक्रस सोसाईटीका सभापति विजयराज सुवेदीले भिमादमा वित्तीय संस्थाको ओइरो लागेको भएता पनि नेष्डो नेपालको सेवा अन्य लघु वित्तीय संस्था भन्दा सुलभ र गरिवमुखी भएको उहाँले वताउनु भयो । भिमाद होटल व्यवसायी संघका अध्यक्ष पुर्ण वहादुर सेनले लघुवित्त सस्थाले अति गरिवमा वित्तीय पँहुच सृजना गरेको वताउनु हुँदै अपेक्षित आयआर्जनका लागि व्यवसायिक सीप विकासमा जोड दिनु पर्ने वताउनु भयो । भिमाद दलित संघका अध्यक्ष कविराज दर्जीले संस्थाले विगत देखी खैरनीटार शाखावाट सेवा दिंदै आएकोमा स्थानीय समुदायको माग वमोजिम भिमादमा शाखा खोल्नु सह्रानीय भएको वताउदै संस्थाले आर्थिक एवम् सामाजिक विकासमा जोड दिने गरेको वताउनु भयो । कार्यक्रममा संस्थाको आन्तरिक लेखा परिक्षण प्रमुख वद्री प्रसाद मिश्र, लघु वित्त अधिकृत नारायण प्रसाई, खैरनीटार शाखाका प्रवन्धक सुक वहादुर पुन, केन्द्र प्रवन्धक राममायाँ लामिछानेले लघु वित्त क्षेत्रमा नेष्डो नेपालको सेवा सुविधाको वारेमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा संस्थाको भिमाद शाखाका निमित्त प्रवन्धक मित्र वहादुर क्षेत्रीको अध्यक्षता, लघु वित्त सेवा विभागका प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, केन्द्र प्रवन्धक गंगा अधिकारीको संस्थागत प्रतिज्ञा एवम् मानव विकास अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button