पर्यटन बिकासको लागि नीतिगत सुधार हुने ः पर्यटन मन्त्री

पोखरा, ९ असोज:

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री कृपासुर शेर्पाले पर्यटनको विकासका लागि नीतिगत सुधारको सुरुवात गरेको बताए । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २२ औं साधारण सभाको आज (शनिबार) पोखरामा उद्घाटन गर्दै मन्त्री शेर्पाले आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको बिकास र प्रर्वद्धनका लागि मन्त्रालयले नीतिगत सुधार सुरुवात गरेको बताएका हुन ।

देशमा धेरै पर्यटकीय गन्तव्य भएपपनि केही सिमित क्षेत्रको मात्र विश्व बजारमा मार्केटिङ भएको बताउँदै उनले सबै पर्यटकीय गन्तव्यलाई प्रर्वद्धन गर्ने गरि नीति बनाउन लागिएको बताए । “पर्यटन क्षेत्रमा पनि दलाल प्रबृक्ति हावी भएको छ, पर्यटनलाई माथि उठाउन सुधारको खाँचो छ,‘सरकार र निजी क्षेत्रको हातेमालोबाट मात्र पर्यटन बिकास गर्न सकिन्छ, यसको लागि पर्यटन विकासको लागि नितिगत सुधारको अभियान सुरुवात भएको छ । ” मन्त्री शेर्पाले एक जिल्ला एक विमानस्थलको नीतिलाई अगाडि बढाइएको र आन्तरीक उडानको लागि चार वटा जहाज ल्याउने अन्तिम तयारी गरेको उनले जनाए ।

दुरगम क्षेत्रका जनतालाई सर्वशुभल रुपमा हवाई सेवा प्रदान गर्न दुरगम क्षेत्र हवाई कोष स्थापना गर्ने तर्फ मन्त्रालयले योजना बनाएको जानकारी दिदै मन्त्री शेर्पाले हवाई सेवा सहुलियत कोष स्थापना गर्ने जनाए ।

पर्यटनको प्रवद्र्धनमा टेकिङ व्यवसायसंगै होटल तथा रेष्टुरेण्टको व्यवसायको भूमिका महत्वपुर्ण हुने बताउदै उनले होटल र रेष्टुरेण्ट निर्माणको लागि आवश्यक सामाग्रीमा कर छुट दिइनेतर्फ मन्त्रालयले योजना बनाएको जनाए । मन्त्री शेर्पाले पर्यटन मजदुरको लागि कल्याणकारी कोष स्थापनाको लागि पहल भइरहेको बताए । अन्तराष्ट्रिय क्षेत्रमा नेपाली हवाई उडान गर्दा हालसम्म बिमाको खासै नियम लागु नभएको बताउदै उनले नेपाल सरकारले अनुमोदन गरेको खण्डमा एक करोडसम्मको बिमा लागु हुने जनाए । विदेशी हवाई उढानमा दुर्घटनामा परी मृत्यु भएको खण्डमा अन्य मुलुकका व्यक्तिहरुले एक करोडसम्म बिमा रकम प्राप्त गर्ने गरेका छन ।

कार्यक्रममा टानका केन्द्रीय अध्यक्ष रमेश धमलाले सरकारको नेतृत्व र निजी क्षेत्रको अपनत्वमा पर्यटनको बिकास गर्नुपर्ने बताए । पर्यटन बोर्डमा क्षेत्रगत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिदै उनले टे«किङमा गएको बेलामा समस्यामा परेको पर्यटक तथा पर्यटक मजदुरको उद्धार र स्वास्थ्य उपचारको लागि १० प्रतिशत सम्वन्धित कम्पनी र ९० प्रतिशत टिप्सबाट खर्च गरिएकोमा अब देखि टान मार्फत टिप्सबाट खर्च गर्ने निर्णय भएको जनाए । पर्यटक मजदुर र गाईड बिना टे«किङ नहुने भन्दै त्यसतर्फ सरकारले कडाइ गर्नुपर्ने बताए । पोखरा पर्यटन पूर्नजागरण समितिका संयोजक गणेशबहादुर भट्टराईले पर्यटनको बिकास बिना देशले फड्को मार्न नसक्ने दाबी गरे । भुकम्पपछि सुस्ताएको पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सरकार र पर्यटन व्यवसायी मिलेर काम गर्नुपर्ने उनले जनाए । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बन्द हड्ताल देशको विकासको वाधक भएकोले यसलाई सदाको लागि बन्द गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा टिप्सको तातोपानी चोकपोष्टमा कार्यरत कर्मचारी हरि भण्डारीको करेण्ट लागेर निधन भएकोमा उनको परिवारलाई टानले २ लाख ५० हजार सहयोग गरेको छ। त्यसैगरी केन्द्रीय टानले क्षेत्रीय संघ पोखराको भवन निर्माणको लागि १० लाख सहयोग गरेको थियो । टानमा कार्यरत कर्मचारी मध्येबाट सोना श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम  भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button