पूर्व बास्केटबल खेलाडि गुरुङलाई रगंशालामा स्वागत

पोखरा, १३ पौष –

पूर्व बास्केट बल खेलाडि हाल लण्डन निवासी सुदेश गुरुङलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिले सोमबार पोखरामा स्वागत गरेका छन् । उनी पोखरा आएको अवसरमा उनलाई संयूक्त रुपमा स्वागत गरिएको हो । गुरुङ क्षेत्रिय बास्केटबल खेलाडि हुन् उनी हाल लण्डनका प्रतिष्ठित ब्यवसायीका रुपमा परिचित छन् ।

स्वागत कार्यक्रममा बोल्दै गुरुङले पोखरा रगंशालाको बास्केटबल कोर्टमा खेल खेलेको स्मरण गदै कोर्टको स्तरउन्नतिको लागी आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । क्षेत्रियस्तरसम्म बास्केटबल खेल पोखरा रगंशालाकै कोर्टमा सुरुवात गरेको बताउदै त्यसको विकासका लागी सहयोग गर्ने बताए । लण्डनमा बस्ने नेपालीहरुले विशेष गु्रप गठन गरेर नेपालमा आइपर्ने विपतमा आर्थिक सहयोग गदै आएको जानकारी दिदै आफु लण्डन फर्केपछि साथिहरुसंग सल्लाह गरेर कोर्टका लागी गु्रपबाटै सहयोग गर्ने इच्छा ब्यक्त गरे । उनले गत बैशाख १२ गते गएको भुकम्पमा समेत उक्त ग्रुपले आर्थिक सहयोग उपलब्ध गराएको समेत जानकारी दिए।

पश्चिमाञ्चल क्षेत्रिय खेलुकद विकास समितिका अध्यक्ष खगराज पौडेलले पूर्व खेलाडिहरुको योगदानलाई अवमुल्यन गर्न नहुने भन्दै पोखरा रगंशालाको विकासमा खेलाडि र खेलप्रेमीको ठूलो भुमिका रहेको बताए । उनले पोखरा रगंशालामा निर्माण भएका संरचनामा पूर्व खेलाडिहरुको श्रम र पसिना परेको बताउदै आगामी दिनमा पनि सहयोग र साथ रहने अपेक्षा गरे ।

बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङले बास्केटबल खेलको विकास र विस्तारका लागी सुरेन्द्र जस्ता पूर्व खेलाडिहरुको सहयोग र साथ अपरिहार्य भएको बताउदै बास्केटबल खेललाई अझै ब्यापक बनाउन आफुहरु लागिरहेको बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलुकद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार र समितिका कार्यालय प्रमुख प्रकाश बरालले खेलकुदको विकासमा पूर्व खेलाडिहरुको सहयोग र साथ आवश्यक रहने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button