पोखरामा पनि वन्दको प्रभाव

पोखरा, १३ मंसिर-
नेत्र विक्रम चन्द विप्लप नेतृत्वको पार्टी नेकपा माओबादीले आईतबार नेपालबन्दको आह्वान गरेकोमा यसको प्रभाव पोखरा क्षेत्रमा पनि परयो ।

विहानै कास्की प्रहरीले वन्द कर्तालाई नियन्त्रणमा लिए पनि पोखरा क्षेत्रका उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था लगायतका विभिन्न व्यवसायहरु समेत ठप्प भएको थियो भने लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत चल्न सकेनन । दिनभरी जसो बन्दकर्ताहरु सडकमा खासै नदेखिए पनि अधिकाशं पसलहरु वन्द भएका थिए भने केही मात्रमा मोटरसाईकलहरु भने चलेका देखिन्थे । सडकमा भने वालकालीका देखि युवा युवतीहरु विभिन्न खेल खेल्न व्यस्त भएका थिए ।

नेकपा माओबादी कास्कीका सेक्रेटरी सहित ३४ जना नेता तथा कार्यकर्तालाई कास्की प्रहरीले विहानै पोखरा तथा लेखनाथका विभिन्न स्थानबाट पक्राउ गरेकोे थियो । बन्द गराउदै हिडेका बन्दकर्तालाई प्रहरीले विहानै पक्राउ गरेको र आज वेलुका उनीहरुलाई रिहा गरीएको कास्कीका प्रहरी प्रमुख एस पी हरी बहादुर पालले बताए ।

जिल्ला सेक्रेटरी पुर्णजित पुन सहितका नेता तथा कार्यकर्ताहरुको रिहाई पछि माओबादीले उनीहरुलाई पार्टी कार्यालयमा लगेर सम्मान समेत गरेको नेकपा माओबादीको केन्द्रीय सदस्य साबित्रा दुरा (आस्था) ले बताईन । पृथ्बीचोकमा विरोध सभामा बोल्दै दुराले प्रहरीले आफुहरुको शान्तिपुर्ण आनदोलनमा पक्राउ गरेको घटनाको भत्सना गर्दै भारतीय नाकावन्दी बिरुद्ध आफुहरु सडकमा उत्र्रि रहने बताईन ।

बेलुका करीब ५ बजे पोखराको पृथ्बीचोकमा विरोध सभामा बोल्दै वन्द गराउन सफल पार्ने सम्पुर्णलाई बन्द संयोजक एवं पार्टीका राष्ट्रिय युवा जनस्वयम सेवक मेखबहादुर विकले धन्यदान ज्ञापन गरेका छन ।

पोखराका मुख्य चोकहरुमा प्रहरी तैनाथ गरीको थियो भने सडकहरु विहानै देखि सुनसान जस्तै भएका थिए । सरकारी कार्यालयमा भने न्युन सङख्यामा सेवाग्राहिहरु पुगेका हुन । भारतले नेपाल माथि लगाएको चरम नाकाबन्दीले नेपालमा देखिएको मानविय संकट समाधानका लागि आबश्यक पहल नभएको भन्दै नेकपा माओबादीले आइृबतार नेपालबन्दको आह्वान गरेको नेकपामाओबादीको केन्द्रीय सदस्य दुरा लेबताईन । नेपालीजनता अप्ठेरोमा परेका बेला सरकारले ठोस पहलगर्न नसकेको भन्दैमाओबादीले अहिलेको सरकार नालायकभएको निष्कर्ष निकाल्दै बन्दको आयोजना गरेको उनले बताईन । कुनैपनि संकटलाई अन्र्तराष्ट्रियकरण गर्न नसके त्यसको सहि समाधाननिस्कननसक्ने दुराले बताईन । भारतले नेपाल माथि गरेको नाकाबन्दीलाई अन्र्तराष्ट्रियकरण गर्नकोे लागि नेपालबन्द जस्तो कठोर आन्दोलन रोज्नु आफुहरुको बाद्यता भएकोले दुराले जनाईन ।

यसैबिच पोखराबाट काठमाण्डौको लागि १० वटा पर्यटक वसहरु काठमाण्डौं पुगेका छन भने काठमाण्डौबाट पोखरा ५ वटा वसहरु आएका छन । त्यसै गरी काठमाण्डठौं बाट भने ३ वटा पर्यटक वस चितवन पुगेका हुन । सिमिति पर्यटक वसलाई मात्र चल्न दिने नेकपा माओबादीले आन्तरीक सहमती जनाएको थियो । उक्त पर्यटक वसलाई प्रहरीले स्कटीङ समेत गरेको थियो । वन्दको क्रममा पोखरा क्षेत्रमा अप्रिय घटना भने हुन पाएन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button