पोखरामा बुधबारदेखि प्याराग्लाइडीङ पुनः संचालन हुने

पोखरा, २९ मंसीर –
पोखरामा लगातार तीन दिनसम्म बन्द रहेको साहासिक खेल प्याराग्लाईडीङ बुधबारदेखि पुनः संचालन हुने भएको छ । मंगलबार भएको वार्ता सकरात्मक भएकोले आफुहरुको आन्दोलन जारी राख्दै प्याराग्लाईडीङ भने संचालन गर्ने भएको नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले बताए।

पोखरा नागरीक उड्डयन कार्यालय, नेपाल हवाई खेलकुद संस्था ना, पोखरा पर्यटन पुर्नरजागरण समिति, पर्यटन व्यावसायीहरु विच मंगलबार पोखरामा भएको छलफलमा भोलि बुधबार देखि प्याराग्लाइडीङ पुनः संचालन गर्ने भएको भट्टराईले बताए ।

उनले भने “हाम्रो वार्ता सकरात्मक भयो, हामी आन्दोलन जारी राख्दै पर्यटकलाई सेवा दिने उद्धेश्यले बुधबार देखि नै पुनः प्याराग्लाईडीङ संचालन गर्ने भएका छौं ।” प्याराग्लाईडीङ पाइलटले उडान अनुमति शुल्कः को बिषयमा बुधबार पनि छलफल गर्ने पोखराबाट शुल्कःको बिषयमा माग सम्वोधन नभए नेपाल नागरीक उड्डएन प्राधिकरण क्यान सम्म आफुहरु जाने भएको अध्यक्ष भट्टराईले बताए ।

पोखरामा करीब एक सय ७ जना नेपाली प्याराग्लाईडीङका पाईलटहरु भए पनि ५० प्रतिशत जसोले कार्तिक मसान्तर पछि उडान शुल्कः नतिरेको पोखरा नागरीक
उड्डयन कार्यालयका प्रमुख दिपक बरालले बताए । मंगलबारको वार्तामा नामा आवद्ध प्याराग्लाईडीङ कम्पनीका पाईलटहरुले पुनः सेवा दिने भएको उनले बताए । तर उनले भने “उडान शुल्कः नतिरेका पाईलटलाई कानुन वमोजिम हामी कारवाही गर्न बाध्य हुने छौं,–त्यस कारण उडान शुल्कः तिरेर मात्र प्याराग्लाइडीङ उडान गर्नु होला । ” पहिलो चरणको अनुगमन गर्दा अवैध रुपमा पयाराग्लाईडीङ गरेको भेटेमा ५ हजार, दोश्रो पटक हुदै तेश्रो पटकसम्म भेटेको खण्डमा लाईसेन्स नै खारेज गर्ने प्रमुख बरालले चेतावनी दिएका छन ।” आफुहरुले अनुगमन भने जारी राख्ने उनले बताए । पोखरा नागरीक उड्डयन कार्यालयले आफुना केहि पाईलटहरुलाई उडान भर्न नदिएको भन्दै शुल्क तिर्दै आएका केहि पाईलटहरुले पनि अन्य पाईलटलाई साथ दिदै आन्दोलनमा उत्र्रिएका कारणले पोखरामा नियमित हुदै आएको प्याराग्लाईडीङ लगातार तीन दिन अबरुद्ध भएको हो । साहासिक खेल प्याराग्लाईडीङ गर्न पोखरा आएका आन्तरीक तथा बाह्यि पर्यटकहरु आइृतबार, सोमबार र मंगलबार प्याराग्लाईडीङ गर्न नपाउदा निकै निरास भएका छन ।

प्याराग्लाईडीङ पाइलटले उडान अनुमति शुल्कः नबुझाएको भन्दै पोखरा नागरीक उड्डयन कार्यालयले आईतबार उडान गर्न अबरोद्ध गरे पछि हवाई खेलकुद संस्था नाको अगुवाईमा पोखरामा प्याराग्लाइडीङ अनिश्चित कालिन वन्द गर्ने घोषणा गरीएको थियो । नेपाल नागरीक उड्डएन प्राधिकरणबाट प्रदान गरीएको उडान अनुमति पत्र वाहक प्याराग्लाईडीङ पाईलटहरुको पटके अनुमति शुल्कः खारेज हुनु पर्ने नाका उपाध्यक्ष सोवित वानियाले बताए । प्याराग्लाईडीङका पाईलटहरुले मासिक रुपमा ९ हजार ४५ रुपैया उडान शुल्कः तिर्दै आएका थिए भने यसरी उडान शुल्कः त्यसमा कम्पनीबाट भ्याट गरी दोहोरो कर प्रणालीको खारेजी हुनु पर्ने र अन्य लाईसेन्स सरह एक बर्षमा शुल्कः तिर्नुपर्ने वा नविकरण गर्दा मात्र शुल्कः तिर्नु पर्ने व्यावस्था हुनु पर्ने आफुहरुले क्यान समक्ष माग राख्दै आएको उपाध्यक्ष वानियाले जनाए ।

विगत १७ बर्षसम्म पोखरामा प्याराग्लाईडीङ हुदै आए पनि यस आर्थिक बर्षको भदौबाट मात्र लाईसेन्स दिएको क्यानले उडानको चर्को शुल्कः लिनु उपयुक्त नभएको नाका महासचिव वसन्तराज दवाडीले बताए । हाल पोखरामा ४५ वटा प्याराग्लाइएडीङ कम्पनीहरु दर्ता भएका छन । पोखरामा हाल १ सय २० जना जसो टेण्डम (व्यावसायीक) प्याराग्लाईडीङ पाईलट रहेका छन भने १ सय ५० जना सोलो (सिकारु) पाईलटहरु रहेको महासचिव दवाडीले बताए । दैनिक जसो एक सय भन्दा बढी पर्यटकहरु प्याराग्लाईडीङ गर्दै आएका छन । लगातार तीन दिन पोखरामा प्याराग्लाईडीङ नहुदा पोखराको आकास सुनसान जस्तै भएको थियो । दैनिक जसो सोलो र टेण्डम फ्लाईटमा २ सय भन्दा बढी प्याराग्लाईडीङ हुदा पोखराको आकास रंगीन हुदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button