पोखरामा २६ लाखमा भलिबल ट्रेनिङ्ग सेन्टर बन्ने

पोखरा, १९ पौष –

पोखरा रगंशालामा पश्चिमाञ्चल क्षेत्रियस्तरको भलिबल ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको छ ।

नेपालमै पहिलो पटक पोखरामा ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । रंगशालाको गुरु योजना अनुसार भलिबलका लागी छुटयाइएको जग्गामा करिव २६ लाखको लागतमा टेनिङ्ग सेन्टर निर्माण गर्न लागिएको हो । सेन्टरको शिलान्यास पुस २२ गते बुधबार गरिने भएको अध्यक्ष पराजुलीले बताए । सेन्टरको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले शिलान्यास गर्ने भएका छन् ।

टेनिङ्ग सेन्टरमा दुई भलिबल कोर्ट सहित ट्रेनिङ्गका लागी आवश्यक पूर्वाधार तयार गरिने भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बताए । ट्रेनिङ्ग सेन्टर निर्माणसंगै पोखरामा नयाँ भलिबल खेलाडि उत्पादनमा सहयोग पुग्ने अपेक्षा संघले गरेको छ । महिला भलिबलमा पोखराले बनाएको सान खस्कदै गएको छ भने पछिल्लो समय भलिबलमा नयाँ खेलाडिको आगमन हुन नसक्दा सुस्ताउदै गएको छ । नियमति प्रशिक्षणको अभावमा नयाँ खेलाडि उत्पादन हुन नसकेको बेला निर्माण हुने सेन्टरले भलिबलको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको पराजुलीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button