पोखरा उपमहानगरपालिका लाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरिने

पोखरा, ८ असोज:

पोखरा उपमहानगरपालिका लाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरिने भएको छ । यहि असोज १० गते आइतबार एक कार्यक्रमकाबीच पोखरा उपमहानगरपालिका लाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरिने आज ( शुक्रबार ) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

नेपाल रेडक्रस सोसाइटी कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की र पोखरा उपमहानगरपालिकाको संयुक्त प्रयासबाट पोखराका २८ वटा वडाका १२ देखि २३ महिना सम्म्का ४ हजार ५ सय ५४ जना बालबालिकाहरुलाई सरकारद्धारा निःशुल्क प्राप्त सबै किसिमका खोपहरु लगाइ सकिएको पाइएकोले पोखरा उपमहानगरपालिका लाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरिने भएको हो ।

आइतबार पूर्वाह्न १० बजे मानवअधिकार चोकबाट ¥याली सुरु भई न्यूरोड हुदैँ पोखरा सभागृहमा पुगेर घोषणा सभामा परिणत हुने छ । उक्त सभामा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको प्रमुख आतित्थ्यतामा पोखरा उपमहानगरपालिका लाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरिने पूर्णखोप सुनिश्चित घोषणा तयारी समितिका संयोजक ओमराज पौडेलले जानकारी दिनुभयो ।

पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुअघि जिल्ला स्तरिय समन्वय बैठक, स्वंयसेवक, स्वयंसेविकाहरुको छनोट, परिचालन उनीहरुलाई खोप सम्बन्धि अभिमुखीकरण गरि सबै वडाहरुमा वडा स्तरिय समन्वय बैठक, सबै राजनितिक दलहरु, समाजसेवी र सरोकारवालहरुको ऐक्यवद्धता सहितको सहकार्यसँगै आई.ई.सी सामाग्री तथा पम्पेल्टको वितरण गर्न घरदैलो कार्यक्रम गरिएको सो अवसरमा पौडेलले बताउनुभयो ।

उहाँले पोखरा उपमहानगरपालिका लाई पूर्ण खोप सुनिश्चिता गर्नका लागि खोप उमेर समुहका बालबालिकाहरुलाई खोपको निश्चित मात्रा, निश्चित समयमा लगाउनका लागि विभिन्न खोपहरुका बारेमा चेतना अभिवृद्धि गरि आवश्यक सुचना प्रवाह सँगै छुटेकाहरुको सर्वे सँगै तथ्याङ्क संकलन पछि प्राप्त तथ्याङकका आधारमा छुटेकाहरुको घरघरमा गई खोप छुटेका भए पुन ः खोप लगाउन अनुरोध गर्नुका साथै सरोकारवालाहरुसँगको सहकार्यमा सन् २०१७ सम्म नेपाललाई नै पूर्ण खोप सुनिश्चितता गर्ने नेपाल सरकारको कार्य योजनालाई साकार पार्न लागि परेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button