पोखरा प्रवद्र्धन सहित नयाँ व्यवसायिक ज्ञान लिएर पोउवा संघको टोली पोखरा फर्कियो

पोखरा, ३ असोज
पोखरा प्रवद्र्धन सहित नयाँ व्यवसायिक ज्ञान लियर पोखरा उद्योग वाणिज्य संघको टोली मत्रराष्ट्र चीनको १० दिने भ्रमण सकेर पोखरा फर्किएको छ । हङकङ, चीनको गोन्जाओ, बेइजिङ, सांघाई लगायतका सहरहरुको  भ्रमणका क्रममा गैर आवासीय नेपाली संघमा आवद्ध पदाधिकारीहरुसंगको भेटघाटमा समेत उनीहरुले पोखरा सहित नेपालको विकासमा सकरात्मक भएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बताए ।
उनले भने “हाम्रो भ्रमण निकै फलदायी भयो, हामी जहाँ गए पनि उहाँहरुले सकरात्मक ढंगले स्वागत सत्कार सहित नेपालमा संविधान जारी हुने सन्देशले उनीहरुमा समेत नयाँ उत्साह र लगानी गर्न तयार भएका छन ।” पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण हुने भए पछि पोखरामा आवश्यक पर्ने ठुलो प्रोजेक्टलाई आफुहरुले सहयोग गर्न तयार रहेको समेत उनले जनाए ।

भ्रमणको क्रममा प्रतिनिधीमण्डलले सांघाईमा चालु अंग्रेजी वर्षको १६ सेप्टेम्बरदेखि  १९ सेम्टेम्बरसम्म आयोजना भएको साइन चाइना, लिड चाइना,लिड लाइटिङ चाइना–२०१५ नामक प्रदर्शनीमा सहभागिता जनाएको थियो । प्रदर्शनको उद्घाटन समारोहमा पुगेको पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलाई सो प्रदर्शनीका आयोजक भिबिएम एसियाकमा अध्यक्ष  जिमी इसिन्कले स्वागत गरेका थिए । स्वागतको क्रममा उनले नेपालबाट आएको प्रतिनिधीमण्डलले प्रदर्शनीबाट विभिन्न विषयमा जानकारी बटुल्न सक्ने बताएको पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले बताए ।  सो अवसरमा नेपालबाट लगेको प्रवद्र्धनात्मक सामाग्री प्रदान गर्दै संघका अध्यक्ष विन्दुकुमार थापाले भूकम्पपछि पनि नेपाल सुरक्षित रहेको, चिनिया पर्यटकहरुलाई नेपालमा निम्तो दिदै साहासिक खेल प्याराग्लाइडिङm जिप फ्लायर, बन्जीजम्प लगायतका खेलको बारेमा  समेत जानकारी गराएका हुन ।

भ्रमणकै क्रममा  प्रतिनिधिमण्डलले हङकङ बसाईको क्रममा त्यहाँ अवस्थित विभिन्न संघ÷संस्थाहरुसँग पोखराको समग्र विकासका विषयमा बृहत छलफल गरेको थियो । भ्रमण टोलीले दुई दिने हङकङ बसाईको क्रममा गैर आवासीय नेपाली संघ(एनआरएन) हङकङ,नेपाल हङकङ उद्योग वाणिज्य संघ,हङकङ तेक्वाण्डो संघ,हङकङ ब्याडमिण्टन संघ,हङकङ मितेरी समाज,सहारा क्लव हङकङ,ओम नमो बुद्ध आमा समूह लगायतका संघ÷संस्थाहरुसँग समग्र पोखराको आर्थिक उन्नति, लगानीका सम्भावना लगायतका विषयमा छलफल भएको थियो ।

एनआरएन हङकङका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले विकासको लागि स्थिरता जरुरी भएको बताए । उनले लगानीको उपर्युक्त वातावरण निर्माण एवं रोजगारी सृजना गर्नेतर्फ ध्यान दिन भ्रमण दलका सदस्यहरुलाई आग्रह गरे । नेपाल हङकङ व्यापार संघका अध्यक्ष दासुराम पराजुलीले गतिलो परियोजनामा लगानी गर्न हङकङमा रहेका नेपालीहरु तयार रहेको बताए । हङकङमा रहेका समाजसेवी कुलप्रसाद गुरुङ‘कुलु’ले नेपालमा जारी अस्थिरताले विदेशमा बस्ने नेपालीहरुलाई चिन्तित बनाएको बताए ।

कार्यक्रममा बोल्ने व्याडमिण्टन संघ का अध्यक्ष चित्र गुरुङ, मितेरी समाज तथा तेक्वाण्डो संघका अध्यक्ष तुलसी गुरुङ, सहारा क्लव हङकङका अध्यक्ष दीपक गुरुङले खेलकुदको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गरे भने ओम नमोबुद्ध आमा समूहकी उपाध्यक्ष टीकादेवी गुरुङले भूकम्पपछिको राहतमा आफूहरुले सक्दो सहयोग गरेको जानकारी दिँदै नेपालीको हितमा थप सहयोग गर्न तयार रहेको बताइन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले को नेतृत्वमा टोलीले भ्रमण गरेको थियो । टोलीमा संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्धितीय उपाध्यक्ष मीनराज काफ्ले,महासचिव रविन्द्रबहादुर प्रजु, कार्यसमिति सदस्यहरु सीता गुरुङ,अर्जुन पोखरेल, अमितराज मुल्मी, बलराम आचार्य र सुनिल गुरुङ तथा संघका कार्यकारी निर्देशक टोपबहादुर थापा सहभागि भएका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button