पोखरा सडक महोत्सब आयोजक सहितको टिम प्रचारप्रसार अभियानमा

 पोखरा, पौष –  अपडेट 

१७ औ संस्करणको पोखरा सडक महोत्सब आउन अब धेरै दिन बाकि छैन । देशको विद्दमान परिस्थितिका वावजुत पोखराका पर्यटन व्यबसायी र आयोजक टिमले महोत्सबको तयारी भब्य रुपले गरिरहेको  छ । “सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगामी पुष १३ गतेबाट पोखरामा संचालन हुने महोत्सवको तयारी लगभग लगभग अन्तिम चरणमा पुगेको महोत्सवका संयोजक दोर्जे लामाले  बताउनुभयो ।

यसै सिलसिलामा महोत्सबको प्रचारप्रसारको लागि भन्दै पोखरा सडक महोत्सवका प्रमोशनल टुर  संयोजक सुर्य बहादुर भुजेलको  नेतृत्त्वमा एक टोलि बुधबार भैरहवा तर्फ प्रस्थान गरेको छ । १८ सदस्यीय उत्त टोलिमा पोखराका पर्यटन ब्यबसायी र पत्रकारहरुसहित को  सहभागिता रहेको छ । टोलीमा रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराई, रेवान पोखरा पूर्व अध्यक्ष- सुर्य बहादुर भुजेल, प्रथम उपाध्यक्ष -चौबहादुर गुरुङ, दित्तीय उपाध्यक्ष- भीमसेन भुजेल , रेवान केन्द्रीय उपाध्यक्ष बलराम पहारी, महोत्सवका आर्थिक संयोजक  योगेस भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, पश्चिमांचल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुली, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष देव क्षेत्री,  रेवान सदस्य श्रीराम गिरि, क्षेत्रीय नाटा पूर्व अध्यक्ष ओम पाण्डे, पोखरा पर्यटन परिषदका सचिब रामु गौतम , सडक महोत्सबका आपतकालीन स्वास्थ्य संयोजक भिष्मराज पौडेल को साथमा पाँच सदस्यीय पत्रकारहरु भिम घिमिरे, दिननाथ वराल, कृष्णमणि वराल, विनोद लामिछाने, प्रदिप पौडेल रहनुभएको छ  ।

महोत्सवको प्रचार अभियान अन्तर्गत महोत्सव प्रवर्धनको लागि उत्त  टिम देशका विभिन्न शहरहरु वुटवल, भैरहवा, सौराहा लगायतको क्षेत्रमा पुगी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको १७ औं सडक महोत्सवका  प्रचार प्रसार संयोजक लक्ष्मण बरालले बताउनुभयो। टोलीले उत्त क्षेत्रहरुमा गइ पोखरामा हुन लागिरहेको सडक महोत्सबको बारेमा जानकारी गराउदै आन्तरिक पर्यटक हरुलाई पोखरा सडक महोत्सब को तथा नयाँ  वर्षको अवसरमा पोखरा घुम्न निम्तो दिने छ ।

पोखरामा  रेवान पोखराको आयोजनामा  विगत १६ बर्षदेखी हरेक बर्ष २८ डिसेम्बर देखि जनवरी १  सम्म सडक महोत्सब हुदै आइरहेको छ

प्रचारप्रसार अभियान भैरहवा 

pokhara

प्रचारप्रसार अभियान को पहिलो दिन टोलीले भैरहवामा पुगी रेवान पोखरा अध्यक्ष गोपी बहादुर भट्टराईको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा बोल्दै भट्टराईले आफुहरुले विषम परिस्थितिमा पनि बर्षेनी हुदै आइरहेको पोखरा सडक महोत्सबलाई निरन्तरता दिन लागिरहेको बताउदै बिगतका बर्षको तुलनामा यो पालि पनि कुनै कमि कमजोरी नहुने र यसमा सम्पूर्ण नेपालीहरुको साथको खाचो भने  रहेको बताउनुभयो । खानाको विभिन्न परिकारको साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सडकमै एकै साथ् हेर्न पाइने नेपालकै एकमात्र पृथक महोत्सब पोखरा सडक महोत्सब रहेको वताउदै वहाले सबैलाई पोखरा सडक महोत्सबमा उपस्थित हुन आग्रह गर्नुभयो । सडक महोत्सबको अवसरमा पोखराका रेस्टुरेन्ट हरुले खानामा १५ प्रतिशत छुट दिने समेत वहाले बताउनुभयो ।

कार्यक्रममा सिदार्थ एशोसीएसन  टुर्स एण्ड ट्राभल्स  (साटा ) अध्यक्ष सागर अधिकारीले प्रोमोशनको टोलि यहाँ आउदा आफुहरुलाई पनि हौसला र उत्साह बढेको बताउदै हरेक वर्ष पोखरा सडक महोत्सबकै लागि भनेर आन्तरिक पर्यटकहरु पोखरा जानेगरेको बताउदै यसपटक पनि पर्यटकहरुले चासो देखाएको बताउनुभयो ।

पश्चिमांचल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले पोखराका होटलमा हाल १८ हजार पर्यटक स्तरीय वेड रहेको र एक रातमा सबै होटलमा गरेर ५० हजार पर्यटकलाई  व्यबस्थापन गर्न सकिने र एकै दिनमा डेढ लाख देखि २ लाख सम्म पर्यटकलाई खाना खुवाउन सकिने बताउनुभयो । पराजुलीले सडक महोत्सबको अवसरमा होटलमा ३० प्रतिशत  छुटको घोषणा गर्दै हाल पोखराका होटलमा २० प्रतिशत अकुपेन्सी  रहेको तथा  महोत्सवका लागि भनेर ५० प्रतिशत बुकिंग भैसकेको र महोत्सब सम्म ७० देखि ८० प्रतिशत सम्म बुकिंग हुने अपेक्षा रहेको जानकारी दिनुभयो  ।

यसैगरि पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले  अहिले इन्धन अभावको कारणले गर्दा सवारीसाधन चलाउन अप्ठ्यारो परेको हुदा स्थानीय प्रशासनलाइ इन्धन उपलब्ध गराईदिन आग्रह गर्नुभयो।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष देव क्षेत्रीले नेपालमा हुने ३ ठुला महोत्सब मध्य एक पोखरा सडक महोत्सब रहेको बताउदै महोत्सब सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो दाउरा र धुवाँ मा बनाएको खाना पर्यटकले मन नपराउने बताउदै क्षेत्रीले कम्तिमा ५ दिनकालागि भएपनि ग्यास उपलब्ध गराउन माग गर्नुभयो ।

सिदार्थ नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले आफुहरुको क्षमताले भ्याए सम्म महोत्सबलाई सफल पार्न लागि पर्ने बताउदै पोखरा लुम्बिनी एउतै करिडोर भित्र पर्ने भएकाले पर्यटन विकासका लागि एकिकृत पर्यटन विकास योजना ल्याउन समन्वय गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै रेवान केन्द्रीय उपाध्यक्ष बलराम पहारीले  महोत्सब सफल पार्नु सबैको दायित्व रहेको र यसमा सबैको  साथ र सहयोग को खाचो रहेको बताउनुभयो।

प्रचारप्रसार अभियान चितवन – सौराहा 

pokhara street festival promotional team sauraha

महोत्सवको प्रचार अभियान अन्तर्गत महोत्सव प्रवर्धनको लागि  देशका विभिन्न शहरहरु वुटवल, भैरहवा, सौराहा लगायतको क्षेत्रमा लागि हिडेको पोखरा सडक महोत्सवक प्रमोशनल टोलीले शुक्रबार रेवान पोखरा अध्यक्ष गोपी बहादुर भट्टराईको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा बोल्दै भट्टराईले आफुहरुले विषम परिस्थितिमा पनि बर्षेनी हुदै आइरहेको पोखरा सडक महोत्सबलाई निरन्तरता दिन लागिरहेको बताउदै स्थानीय प्रशासन र सरोकारवाला हरुसंग मिलेर महोत्सब सफल परिने र  बिगतका बर्षको तुलनामा यो पालि पनि कुनै कमि कमजोरी हुन नदिने  बताउनुभयो ।

महोत्सब पोखरेलीहरुको इज्जत र प्रतिष्ठाको बिषय हो भन्दै उहाले आफुहरुले अहिले आन्तरिक पर्यटनलाई  जोड दिदै प्रचारप्रसार अभियानमा लागेको बताउनुभयो । खानाको विभिन्न परिकारको साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सडकमै एकै साथ् हेर्न पाइने नेपालकै एकमात्र पृथक महोत्सब पोखरा सडक महोत्सब रहेको वताउदै वहाले यो पाली ३ देखि ४ बाट देशका खानाका परिकारहरुको साथमा चीन र कोरियाको सांस्कृतिक प्रर्दशनी  समेत हेर्न पाइने हुदा  सबैलाई पोखरा सडक महोत्सबमा उपस्थित हुन आग्रह गर्नुभयो । सडक महोत्सबको अवसरमा पोखराका रेस्टुरेन्ट हरुले खानामा १५ प्रतिशत छुट दिने समेत वहाले बताउनुभयो ।

पश्चिमांचल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले पोखराका होटलमा हाल १८ हजार पर्यटक स्तरीय वेड रहेको र एक रातमा सबै होटलमा गरेर ५० हजार पर्यटकलाई  व्यबस्थापन गर्न सकिने र एकै दिनमा डेढ लाख देखि २ लाख सम्म पर्यटकलाई खाना खुवाउन सकिने बताउनुभयो । पराजुलीले सडक महोत्सबको अवसरमा होटलमा ३० प्रतिशत  छुटको दिने दोहोर्याउदै  पोखराका होटलमा २० प्रतिशत अकुपेन्सी  रहेको तथा  महोत्सवका लागि भनेर ५० प्रतिशत बुकिंग भैसकेको र महोत्सब सम्म ७० देखि ८० प्रतिशत सम्म बुकिंग हुने अपेक्षा रहेको जानकारी दिनुभयो।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्र कुमार बिष्टले अंग्रेजी नयावर्षको अवसरमा पर्यटकलाई यहि रोक्न सौराहामा हात्ती महोत्सब गरिने बताउदै एकै समयमा दुइ महोत्सब हुने भएतापनि महोत्सब को आफ्नै मौलिकता भएकोले पर्यटकहरु दुवै तिर तानिने बताउनुभयो ।

कार्यक्रममा रेबान सौराहाका पूर्व पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने  कार्यक्रमको संचालन महोत्सवका प्रमोशनल टुर संयोजक सुर्य बहादुर भुजेलले गर्नुभएको थियो ।

यसैबीच “सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगेेंजी नयाँ बर्षको अवसरमा यही पुष १३ गतेबाट पोखरामा संचालन हुने उक्त महोत्सवको निम्तो बाड्दै देशका विभिन्न शहरहरुमा पुगेर टोली शुक्रबारै पोखरा फर्किदै गरेको रेवान पोखराका पुर्व अध्यक्ष एवं महोत्सव प्रमोशनल टुरका संयोजक सुर्य बहादुर भुजेलले बताउनुभयो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button