पोखरा सडक महोत्सवको अनलाइन पार्टनर पोखरा आर्थिक डट कम

पोखरा, २४ मंसीर –

आउदो पुस १३ देखी १७ सम्म पोखरा लेकसाइडमा हुन लागेको १७औ सस्करणको पोखरा सडक महोत्सवको अनलाइन पार्टनरको रुपमा पोखरा आर्थिक डट कम रहने भएको छ ।

रेबान पोखराको कार्यलयमा बिहिबार रेबान पोखराका अध्यक्ष गोपी भट्टराई र पोखरा आर्थिक डट कम का अध्यक्ष ढाका मोहन बरालका बिचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस अघि महोत्सवको अफिसिएल मिडियाको रुपमा अन्नपुर्ण पोस्ट र एभी न्युज टेलिभिजन रहीसकेका छन् । सडक महोत्सवको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी र हिमालयन ड्रीस्ट्रीलरी रहेका छन् भने सहप्रायोजकको रुपमा बोटलर्स नेपाल रहेको छ । महोत्सवको प्रबर्धन नेपाल टुरिजम बोर्डले गर्दैछ ।

वर्षेनी २८ डिसेम्बर देखी १ जनवरी सम्म रेबान पोखराले पोखरामा सडक महोत्सव गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button