पोखरा सडक महोत्सवको ७५ प्रतिशत तयारी पुरा

पोखरा २६, मंसिर-

“सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगामी पुष १३ गतेबाट पोखरामा संचालन हुने १७ औं संस्करणको सडक महोत्सवको तयारी ७५ प्रतिशत पुरा भएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईको अध्यक्षतामा शनिबार पोखरामा बसेको महोत्सव व्यवस्थापन उप समितिको बैठकले विभिन्न विषयमा छलफल गरी महोत्सवको तयारी ७५ प्रतिशत पुरा भएको जानकारी गराएको हो ।

pokhara street festival sub committee
बैठकमा उप समिति संयोजकहरुले आफ्नो समितिले गरेको कार्य विवरणको बारेमा जानकारी गराएका थिए भने आ–आफ्नो जिम्मेवार वहन गर्ने उनीहरुले बताएका हुन । देशमा भएको असहज परिस्थितीका वावजुत पनि आफुहरुले आयोजना गर्दै आएको उक्त महोत्सवलाई यस बर्ष पनि आउने पर्यटकहरुलाई आफुहरुले कसरी खुसि पार्न सकिन्छ त्यसमा आफुहरु लागि परेको महोत्सव संयोजक दोर्जे लामाले बताए ।

लेकसाईडको फिस्टेल गेटदेखि अम्बोट, गौरीघाट, बाराहिचोक खहरे हुदै डिहिको पाटनसम्म करीब ३ किलोमिटर सडकको क्षेत्रमा महोत्सव आयोजना हुने भएको छ । गन्तव्य पोखराको रुपमा विकास गर्दै आन्तरीक तथा बाहिय पर्यटक प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त महोत्सव यस पाली पनि उतिकै सफल हुने आयोजकले अपेक्षा गरेको छ ।

बैठकमा सुरक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, बाटोघाटो सजावट, पार्किङ, साँस्कृतिक कार्यक्रम, खेलकुद, स्टेज डेकोरेशन, पास र कुपन व्यवस्थाप, आर्थिक, कार्यालय प्रशासन र मिडियाको बारेमा बृहत छलफल भएको प्रचार प्रसार संयोजक लक्ष्मण बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button