प्रकृयाबाटै सरकार फेरीन्छ – महासचिव पोखरेल

पोखरा, ४ जेठ –

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बजारमा चलेको हल्लाको भरमा तत्काल सरकार परिर्वतन नहुने बताएका छन । प्रेस चौतारी कास्कीले आज (मंगलबार) पोखरामा आयोजना गरेकोे पत्रकार सम्मेलनमा महासचिव पोखरेलले तत्काल सरकार परिर्वतन नहुने बताउदै सरकार परिर्वतन प्रक्रियाबाट हुने जनाएका हुन।

उनले भने “सरकार परिवर्तन गर्न एमाआवादीसँग नौ बुँदे सहमति भएको छैन, ‘सरकार फरिने विषय झोलाबाट सामान झिकेर दिए जस्तो होइन, बजेट ल्याएपछि सरकार फेरिने कुरा हामीले गरेकै छैनौं । ” संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन हुने बताएका पोखरेलले बजेटपछि यही सरकारले रहने जनाए ।

उनले भने “यो संसदको म्याद २०७४ माघ सम्म हो, यो अवधीमा संसद, प्रदेश र स्थानीय निकायको निर्वाचन गरिसक्नु पर्दछ, यसका लागि दलहरुहरु सहकार्य आवश्यक छ । ” संविधान निर्माणमा एकै ठाउँमा उभिएका प्रमुख दलहरुबीच सहकार्यको खाँचो भएको उनले बताए । पोखरेलले संविधान कार्यान्वयनसम्म दलहरुबीच सहकार्य आवश्यक भएको बताए । उनले नेपाली कांग्रेसलाईसँगैं लिएर हिड्न एमाले तयार रहेको समेत जिकिर गरे । सहमति अनुसार कांग्रेस पनि सरकारमा आउनुपर्ने उनले प्रतिकृया दिए । प्रेस चौचारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button