फिस्टेलमा वादविवाद र अभिनय प्रतियोगिता

पोखरा, १५ माघ –

पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी उच्च मा।वि।ले अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार अग्रेजी वादविवाद र अभिनयकला प्रतियोगिता सम्पन्न गरेको छ ।

सो बादविवाद प्रतियोगितामा कक्षा ८ र ९ समूहबाट सन्ध्या श्रेष्ठ, कुसल खनाल, रोसन न्यौपाने र सभ्या के।सि। कक्षा ६ र ७ समूहबाट मुस्कान रानाभाट, कञ्चन रानाभाट र एन्जिला रानाभाट क्रमशः प्रथम, दोस्रो र तेस्रो हुन सफल भएका थिए ।

त्यस्तै प्रा.वि. स्तरीय अभिनयकला प्रतियोगितामा सविता पौडेल, ववि सापकोटा, प्राप्ती लम्साल, संगम गुरुङ, एलिसा पोखरेल र सोभा कुँवरको समुह प्रथम, विमेश भट्टराई र समिप तिवारीको समुह द्घितिय र वर्षा पौडेल , स्मृति पोखरेल, रचना गुरुङ, सविना गुरुङ , सृष्टि गुरुङ तथा सोनित मल्ल, प्रसान्त रानाभाट, आयुस थापा, कुसल भुजेल, विवेक श्रेष्ठ, अनुज श्रेष्ठ र सौगात सुवेदीको समुह तेस्रो हुन सफल भएका थिए । यसअघि सो प्रतियोगिताको विद्यालयका सह प्राचार्य बुद्धि मोहन पौडेलले उद्घाटन गर्दै तर्कशीलताले असल व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने र सोको लागि वादविवाद प्रतियोगिता सहायक हुने बताए ।

विद्यालयका प्रशासक दुर्गा न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगिताहरुको संचालन विद्यार्थी सन्ध्या श्रेष्ठले गरेकी थिइन् । विद्यालयका अंग्रजी विभाग प्रमुख टिकाराम पौडेल र शिक्षक शम्भुराज लामिछानेले निर्णायकको भूमिका खेलेको उच्च मावि संयोजक रामबन्धु पोख्रेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button