फोहरमैला अनुगमन तथा निगरानी समुह गठन

पोखरा, ११ मंसीर-
पोखरा उपमहानगरपालिका फोहर मैला व्यवस्थापन शाखाको आयोजनामा सम्पन्न फोहर मैला व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा उत्तम जोशीको संयोजकत्वमा ११ सदस्यीय फोहर मैला अनुगमन तथा निगरानी समुह पोखरा–९ गठन गरेको छ।

समितिको सदस्यहरुमा नुरप्रसाद गौतम, ईन्द्रकमल मानन्धर, शम्भु श्रेष्ठ, पुर्णबहादुर भुजेल, रामराज लामिछाने, दिलमाया गुरुङ, हरिप्रसाद फुँयाल, गंगाराज पौडेल, सुकबहादुर परियार र क्षेत्रबहादुर गुरुङ सर्व सम्मत चयन भएका छन्।

नुगमन समितिले टोलटोलमा घरदैलो कार्यक्रम गर्दै जनचेतना मुलक कार्य गर्ने साथै फोहर उठाउन आउने गाडिहरुले अनियमितता गरेमा तथा टोलवासीेले जथाभावी फोहर फ्याकेको देखेमा नगरपालिकालाई सुचना दिई सचेत गराउँने छ।

कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयका फोहर मैला व्यवस्थापन शाखाका शाखा अधिकृत चुडामणी तिवारीले सहभागीहरुले राखेको जिज्ञासाको जवाफमा नगरपालिकाले श्रोत र साधनले भ्याएसम्म फोहरमैला व्यवस्थापन गरि रहेको वताउँदै भारतको अधोषित नाकावन्दीको कारण डिजेल अभावको कारण समय मै फोहर मैला उठाउन नसकिएको वताए।
नगरपालिकासंग साँझेदारी कम्पनी सुन्दर पोखरा नेपाल प्रा.लि.का संचालक अरुण गिरीले पोखराका ४ वटा वडाहरुको फोहर मैलाको व्यवस्थापन गर्ने जिम्मा लिईएको वताउँदै नगरपालिकासंग भएको आन्तरिक वेमेल तथा फोहोर फ्याक्ने ठाउँको सुनिश्चित नभएकोले विगतमा केहि समस्या भएता पनि अब हप्ताको दुई दिन एक वडाको फोहर संकलन गरिने वताए।

वडा सचिव लोकदर्शन कोईरालाले यस वडालाई वातावरण मैत्री वनाउँन सेती वचाउँ अभियानको लागि हरेक टोल टोलमा सरसफाई वृक्षारोपण गर्नु पर्ने वताए।

वडा स्तरिय टोल विकास संस्था वडा नं ९ का अध्यक्ष उत्तम जोशी, कृष्ण टोल विकास संस्थाका अध्यक्ष लेखुराम खती, चण्डिका आमा समुहकी सचिव विमला रानाभाट, शान्तिवन टोल विकास संस्थाका अध्यक्ष रामबहादुर विक लगायतले भित्रि सडकमा एक महिनाभन्दा लामो समयमा एक पटक पनि फोहर उठाउने गाडि नआएकोे, होटल तथा रेष्टुरेण्टको फोहोर पैसा लिएर उठाउने गरेको, कर्मचारीले डिजेल पठाईदिए फोहर उठाउन आउँछौ भन्ने गरेको लगाएतका गुनासाहरु सहभागीहरुले गरेका थिए।

साथै उनिहरुले नगरपालिका कार्यालय अगाडि लगेर फोहर फ्याक्ने भन्दै फोहर मैलाको समस्या व्यवस्थित गरी तरिकाले दिर्धकालिन समाधान खोज्नु पर्ने वताएका थिए।

वडा सचिव लोकदर्शन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन एवं सहजिकरण उत्तम जोशीले गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button