बन्दका विरुद्धमा लेखनाथ वासीद्धारा मोटरसाईकल ¥याली

दिननाथ बराल

लेखनाथ ६ ,भदौ

 कास्कीको लेखनाथका स्थानीय बासिहरु बन्द तथा हड्ताल बिरुद्ध सडकमा उत्रिएका छन ।

आदीबासी जनजाती महासंघले आब्हान गरेको दुई दिने नेपाल बन्दका विरुद्धमा आईतबार लेखनाथका स्थानीय बासि तथा ब्यवसायीहरुको सहभागितामा बन्द बिरुद्ध सडकमा उत्रिदै मोटरसाईकल ¥याली निकालेका हुन।

 “बन्द सदाका लागि बन्द गर्रौ, लेखनाथ खुल्ला छ, बर्बादीको बाटो रोक, बन्दको विकल्प खोज, बन्दको नाममा जनतालाई दुःख दिन पाईदैन” लगायतका भन्दै स्वतस्फुर्त रुपमा लेखनाथको शिसुबाबाट निस्किएको मोटरसाईकल ¥याली बेगनासताल, खुदी, पाबरहाउस, तालचोक, अर्घौ, बुढिबजार, विजयपुर हुदै पुन शिसुबाचोकमा पुगी समापन भएको छ ।

बन्दले कसैको पनि भलो नगर्ने भन्दै निश्किएको ¥यालीका सहभागीहरुले लेखनाथ नगर क्षेत्रलाई बन्द निशेधित क्षेत्रका रुपमा स्थापित गर्नु पर्ने नारा लगाउदै नगरको परिक्रमा गरेको ¥यालीमा सहभागी प्रेम श्रेष्ठले बताए । भोलि पनि वन्दको अवेज्ञा गर्ने तयारी गरेको उनले बताए । राम्रो कामको थालनी शिशुवा युवाबाट सुरुवात गर्ने अभियान अन्र्तगत आगामी दिनमा कुनै पनि बन्द बिरुद्ध सडकमा उत्रिने चेतावनी दिए ।

यसै विच बन्दको विरुद्धमा निश्किएको ¥यालीलाई तालचोकमा रहेका बन्दकर्ताले अबरोध गर्न खोज्दा झडपको स्थति आउन थालेपछि प्रहरीको सहयोगमा ¥यालीलाई अगाडी बढाईएको थियो। बन्दका कारण लेखनाथको जनजिबन समेत प्रभाबित भएको छ । बन्दले नगरका मुख्य मुख्य ब्यापारीक केन्द्र पुर्ण रुपले बन्द भएका थिए भने भित्री बजार भने आम्सीक रुपमा खुलेका थिए ।

यसै बिच नयाँ बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदले आव्हान गरेको बन्द पोखरा क्षेत्रमा पनि पर्यो । पोखराको सृजनाचोकमा बन्द कर्ताले केहि पसलहरु बन्द गराउन खोज्दा स्थानीयसंग बन्दकर्ता बिच सामान्य भनाभन भए पछि प्रहरीले साम्य पारेको थियो । पर्यटक गाडीलाई प्रहरीले स्कटीङ गरी पोखराबाट काठमाण्डौ र काठमाण्डौबाट पोखरा आउनमा सहयोग पुराएको थियो । बन्दकर्ता शहरको मुख्य चोक चोकमा रहेका थिए भने सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button