बादल हत्याका आरोपी गौतम र गुरुङ पक्राउ 

दिननाथ बराल

लेखनाथ,९ भदौ

नेपाली काग्रेस कास्कीका नेता रामजी पौडेल बादलका हत्याको आरोप लागेका आरोपी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेखनाथ नगरपालिका वडा नंं १२ का विश्वास गौतम र लेखनाथ १३ कै प्रकाश गुरुङ्ग रहेका छन् ।उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

फरार मध्येका गौतमलाई भारतबाट पक्राउ गरि रुपन्देही हुँदै कास्की ल्याइएको छ । घटनापछि भारत पुगेका उनलाई भारतीय प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीे जानकारी दिएको छ । अर्का अभियुक्त प्रकाश गुरुङलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । हत्या आरोपी रविन के.सी भने अझै फरार रहेका छन् ।उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।

दुई जनाको पक्राउले अव बादल हत्या काण्डका सम्पूर्ण रहस्य खुल्ने प्रहरीले बताएको छ । प्रहरी श्रोतका अनुसार दुई जनालाई बयान लिने काम भइरहेको छ । उनीहरुले अभियोग स्वीकार गरेको प्रहरीले स्रोतले बताएको छ।

नेता पौडेलको हत्या भएको १३ औं दिनका दिन गौतम र गुरुङ्गलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।यसअघि हत्याका आरोपमा लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने र राजु रानाभाटलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

गत श्रावण २८ गते राती गगनगौडामा नेता पौडेलको हत्या भएको थियो । हत्या आरोप लागेका नेपाली काँग्रेसकै कार्यकर्ता हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button