बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, स्थानीय चुनावमा चुनाव चिह्न मसाल

काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । यससँगै डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ ।
एकता प्रक्रिया टुंगो पुग्न नसकेपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कार्यगत एकता गर्न सहमत भएका छन् ।

यो चुनावी मोर्चाबन्दीमा अन्य दललाई पनि सामेल गर्ने प्रयास भइरहेको फोरम सअहध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘नयाँ शक्ति र हाम्रो कन्र्फम भइसक्यो । अरु ५/६ वटा दलसँग पनि कुराकानी भइरहेको छ ।’

शक्ति र संघीय समाजवादी फोरमले आजै निर्वाचन आयोगलाई पत्र लेखेर फोरमको चुनाव चिह्न मसालबाट चुनाव लड्ने जानकारी गराउने तयारी गरेका छन् ।

नयाँ शक्ति पार्टीका एक नेताले पनि फोरमको चुनाव चिह्न मसाल लिएर चुनाव लड्ने तयारी भइरहेको स्वीकार गरे । ‘हामीले आफ्नो चुनाव चिन्ह नपाएपछि संघीय फोरमसँग मोर्चाबन्दी गर्न लागिएको हो’ उनले भनेका छन् ।

स्रोत – अनलाइनखबर-   https://www.onlinekhabar.com/2017/04/575577/

फोटो -दैनिक नेपाल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button