बि टी कपको उपाधी बाझापाटन १३ लाई

पोखरा, ११ पौष –

दशौ संस्करणको बि टी कपको उपाधी बाझापाटन १३ ले हात पारेको छ । पोखराको पुरानो टुडिखेलमा स्थानिय बुद्धटोल युवा क्लवले आयोजना गरेको प्रतियोगितामा संगम एफ सीलाइ पराजित गर्दै बिटी कपको उपाधी बी १३ ले हात पारेको हो ।

bt 1

खेलमा खेल समय अवधिभर कुनैपनि गोल नभएपछि ट्राइबेकरमा संगमलाई तीन एक गोल अन्तरले पराजित गर्दै बी १३ ले उपाधी संगै एक लाख एक हजार एघार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उपबिजेता संगमले पच्पन्न हजार पांच सय पच्पन्न नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगिता अवधिभर फेयर प्ले नर्थ हन एफसी , हाई स्कोरका विष्णुपादुकाको सुविन श्रेष्ठ जसले प्रतियोगिता अवधिभर १५ गोल गरेका थिए । वेष्ट डिफेन्स संगमको विमल बस्नेत , बेष्ट मिड फिल्डर संगमका भिक्टोर , वेष्ट किपर नान्मिल तेन्जिङ , वेष्ट प्लेयर विष्णुपादुकाको प्रविण थापा लाई ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगितामा बिजयी टीम तथा उपाधी प्राप्त खेलाडीहरुलाई अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र कुमार पोख्रेल, पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, वरिष्ठ पत्रकार राजबहादुर गुरुङ, समाजसेवी राधा गुरुङ, बीटी क्लवका अध्यक्ष अरुण गुरुङ लगायतले सामुहिक रुपमा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र कुमार पोख्रेलले खेलकुदको माध्यमबाट एक आपसमा आपसी भाइचारा कायम गर्ने वताउदै आफ्नो ठाउको खेलको पहिचान जोगाएर खेललाई अगाडी वढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय नेपाली फुटवल खेलाडीहरुले राष्ट्रको वदनामी हुने काम गरेको प्रति इंगित गर्दै पोख्रेलले भविष्यका राष्ट्रिय खेलाडीका दावेदार युवाहरुले आफ्नो राष्ट्रियतालाई भुल्न नहुनेमा समेत जोड दिएका थिए ।

त्यस्तै पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरा पर्यटकको राजधानी मात्र नभएर खेलकुदको राजधानी समेत भएको वताए । पोखरामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु हुने गरेको वताउदै अधिकारीले खेलपर्यटनको विकासका लागी पोखरेलीहरु अगाडी वढ्नुपर्नेमा जोड दिए ।  त्यस्तै बुद्धटोल युवा क्लवका अध्यक्ष अरुण गुरुङले क्लवले आयोजना गरेको दशौ संस्करणको प्रतियोगिता भब्यताका साथ सफल भएकोमा प्रतियोगितालाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आगामी ११ आं संस्कणको बी टी कपलाई समेत सफलताका साथ सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button