बेसीशहर युथ सोसाइटीलाई २४ औ त्रिवेणी कपको उपाधी

लमजुङ,  २१ पौष –

२४ औ त्रिवेणी कप राष्टब्यापी खुल्ला फुटबल प्रतियोगितको उपाधि बेसीशहर यूथ सोसाइटिले जितेको छ ।

त्रिवेणी यूवा क्लबको आयोजनामा मंगलबार सम्पन्न फाइनल खेलमा सुन्दरबजारको आदर्श युवाक्लबलाई ६–० गोलको फराकिलो जित निकाल्दै उपाधि जितेको हो । अफ्रिकन मुलका खेलाडी लिएर मैदानमा उत्रिएको बेसीशहर युथ सोसाइटीले आदर्शका खेलाडीलाई खेलको पुरै समय दवावमा राखेको थियो । बेसीशहर युथ सोसाइटीको जर्सी लगाएर मैदानछिरेका आयातीत भिक्टोरले खेल शुरु भएको ४ मिनेटमा खाता खोलेका थिए । त्यसको लगत्तै अर्का विदेशी सिकोले दोस्रो गोल गरे ।

खेलको १८ औं मिनेट र ३० औं मिनेटमा अफ्रिजले गोल जित नजिक पुयाए । खेलको ३७ औं मिनेटमा भिक्टोरले अर्को गोल थपे । दोस्रो आफमा सेट्रिनले गोल गदै गोल अन्र्तर फराकिलो बनाए । आर्दशले खेल अवधिभर दुई अवसरमा मात्रै निकालेको थियो । खेलको अन्तिममा पाएको सुनौलो मौका गुमाउँदा आदर्शले खाता खोल्न सकेन ।

प्रतियोगिताको विजयी बेसीशहर युथ सोसाइटीले त्रिवेणी कपसँगै नगद १ लाख ५० हजार रुपैँया, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गदौ उपविजेजा आर्दश युवाक्लबले नगद ८० हजार, टफि र प्रमाणपत्रमा चित्त बुझायो । विजेता टिमलाई राष्टिय खेलकुँद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, लमजुङ क्षेत्र नम्बर १ बाट निर्वाचित सभाषद् जमिन्द्रमान घले, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कोषाध्यक्ष दिपकबहादुर गोदार, आयोजक त्रिवेणी युवाक्लबका अध्यक्ष गोविन्द बस्नेतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । सेमीफाइनल उपविजेता हरमटारी युवाक्लब गोरखा र मुनलाईट युवाक्लबले नगद ३०-३० हजार रुपैयाँ पाए् । मुनलाइट युवाक्लबले गतवर्ष उपाधी जितेको थियो । खेलमा उत्कृष्ट खेलाडी बेसीशहर युथ सोसाइटीका स्टेफेन र सर्वाधिक गोलकर्ता सोही क्लबका अफ्रिज भए । उनीहरुले नगद १०-१० हजार स्वर्णपदक, प्रमाणपत्र पाए । खेलमा गोरखाको हरमटारी युवाक्लबले अनुसासित टिमको पुरका जित्यो ।

यस्तै उत्कृष्ट गोलकिप्परमा आयोजक त्रिवेणी युवाक्लबका आकाश रानाभाट, डिफेन्डरमा हरमटारी युवाक्लब गोरखाका राज शाही, मिडफिल्डरमा मुनलाइट युवाक्लबका राजकुमार घिसिङ र फरवाडमा उपविजेता आदर्श उवाक्लबका विश्व ठकुरी उत्कृष्ट भए । उनीले नगद ५-५ हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखा, मनाङ, चितवन, कास्की, काठमाण्डौ लगायतका जिल्लाबाट ४० टिमले सहभागिता जनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button