भूकम्पले भत्केको विद्यालयको पुननिर्माण

पोखरा, २० मङ्सिर-
बैशाख १२ गतेको भूकम्पले भत्केको विद्यालयको लायन्स कल्ब अफ पोखरा अन्नपुर्णले पुननिर्माण गरेर हस्तान्तरण गरेको छ । कास्कीको चापाकोट वडान ७ मा रहेको पञ्चकोशी निम्न माध्यामिक विद्यालयको चार कोठा भवन झण्डै ९ लाखको लागतमा निर्माण भएको क्लबले जनाएको छ ।

शनिबार एक कार्यक्रमका विच भवनको कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो । अधिकारीले लायन्स क्लबले भूकम्पले पाल मुनि पढ्न बाध्य भएका विद्यार्थी लाई भवन निर्माण गरेर ठुलो गुन लगाएको भन्दै बालमैत्री र गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय लाई आग्रह गर्नु भयो । उहाँले नेपाल सरकार र अन्य सहयोगि संस्थाले सहयोग गर्ने हुदा स्रोतको भन्दा पनि सोचको अभाव रहेको बताउनु भयो ।

डिष्ट्रिक ब्लड बैक चियर पर्सन लायन सोनाम साङपोले २९ बर्षको अबधीमा क्लबले अहिले सम्म १३ वटा विद्यालय निर्माण संगै शिक्षामा ५ करोडको लगानी गरेको बताउनु भयो । विभिन्न विद्यालयका विद्यार्थी लाई सहयोग गर्दे आउनु भएका उहाले आर्थिक अबस्था कम्जोर एक विद्यार्थी लाई बार्षिक कपी कलम र पढाईमा राम्रो अंक ल्याउने विद्यार्थी लाई ५ बर्ष सम्म बार्षिक १० हजार सहयोग गर्ने घोषणा गर्नु भयो । भवन निर्माणका संयोजक क्लबका निर्बतमान अध्यक्ष लायन यदुनाथ अधिकारीले विद्यालयका प्र अ मातृका पराजुली र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पराजुली लाई साचो प्रदान गरेर विद्यालय हस्तान्तरण गर्नु भयो । रेडियो अन्नपुर्णका कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले लायन्स क्लब अन्नपुर्ण लायन्सकै रोल मोडल क्लब रहेको भन्दै अब विद्यालयको सस्थागत अभिभावक बन्ने तर त्यसको लागि विद्यालयले बातावरण तयार पार्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका बर्तमान अध्यक्ष विण्णु प्रसाद पराजुली , पुर्व अध्यक्षहरु कुल प्रसाद अधिकारी र भेषराज पराजुलीले लायन्स क्लब अन्नपुर्णले विद्रयालयको भवन निर्माण गरेर सहयोग गरेको भन्दै आगामी दिनमा पनि साथ सहयोग पाउने अपेक्षा गरेको बताउनु भयो । उहाँहरुले जिल्ला शिक्षा कार्यलयको तर्फबाट विद्यालयमा कम्पाउण्ड गरीदिन आग्रह पनि गर्नु भयो ।

क्लबका अध्यक्ष लायन कृष्ण प्रसाद श्रेष्ठले भूकम्पले बढि क्षती भएको विद्यालय लाई भवन निर्माण गर्न लायन सोनाम साङपोको सक्रियतामा उहाँका विदेशी साथीहरु मार्फत संकलन गरेको ८ लाख ७८ हजार ९ सय ४९ रुपैयाको लागतमा भवन निर्माण भएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले भवन निर्माण गर्न सहयोग गर्न सवै लाई धन्यबाद दिनु भयो ।कार्यक्रमको सञ्चालन सचिव लायन दिनेश तुलाचनले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button