मदन भण्डारी स्पोटर्स एकेडेमीको पोखरामा विजयी उत्सव

दिननाथ बराल

पोखरा ४, असोज :

नेपालमा लामो समय पछि नयाँ संविधान जारी भएको खुसियालीमा पोखरामा सोमबार पनि विजयी उत्सव मनाईएको छ । असोज ३ गते साँझ संविधान जारी भएकोले सोमबार पोखरामा विभिन्न संघ संस्थाहरुले विजयी उत्सव मनाएका हुन ।

यसै क्रममा मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्र तथा जिल्लाको आयोजनामा सोमबार पोखरामा बृहत मोटरसाईकल र्याली आयोजना भएको छ । पोखराको रामबजार क्षेत्रबाट वाजागाजा सहित सुरु भएको विजयी उत्सवको र्याली पृथ्बीचोक, लेकसाईड, न्युरोड, महेन्द्रपुल, नयाँबजार हुदै पृथ्बीचोकमा पुगेर सभामा परिणत भएको एकेडेमीका सदस्य तथा कार्यक्रम संयोजक राजेशकुमार गुरुङले बताए ।

विजय उत्सवमा मोटरसाईकल सहित ट्याक्सी तथा अन्य गाडीहरुले समेत साथ दिएका थिए । नयाँ संविधानले देशमा दिगो शान्तिको कामना सहित देशमा बन्द हड्ताल सदाको लागि बन्द होस भन्ने कामना समेत गरीएको संयोजक गुरुङले बताए । कोणसभामा एकेडेमीका केन्द्रीय सल्लाहकार मानबहादुर जिसि, एमाले क्षेत्र नम्बर २ का अध्यक्ष जिवन आचार्य, एकेडेमी कास्कीका अध्यक्ष ऋषि गौतम लगायतले लोकतान्त्रीक संविधानले धेरै नेपाली जनताको माग सम्वोधन भएको बताउदै आन्दोलनरत दलहरुलाई जाहेज माग पुरा गर्ने गरी समेटन आग्रह गरे । कोण सभा आयोजना हुदै गर्दा एकाएक बर्षा भए पछि सहभागिहरु पानीमा रुज्दै केहि भागेका थिए त केहि पानीमा रुज्दै नेताको भाषण सुनेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button