मधेषि र जनजातिसंग गरेकोे सम्झौता कान्वर्यन भए आन्दोलन छोड्ने – यादव

पोखरा, २८ मंसीर –

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यस अघि सरकारले मधेषि र जनजातिसंग गरेकोे सम्झौता कान्वर्यन भए आफुहरुलेतत्काल आन्दोलन छोड्ने बताएका छन ।

yadav3

तमुवान मगरात सघर्ष समितिले सोमबार पोखरामा आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले मधेषि र जनजातिहरु बिच राज्यले पहिला गरेको संम्झौता लागु गरेको खण्डमा आफुहरुले आन्दोलन गर्न छाड्ने बताएका हुन । संविधान पुर्नर लेखन हुनु पर्ने उनले जोडदार माग समेत गरेका छन । उनले भने “५-७ जनाले जारी गरेको संविधानले कसरी यो मुलुकको आदिवासि जनजाति, मधेषि, दलित बर्गको हितमा काम गर्न सक्छ ।” दाहाल, सिटौला, कोईराला, ओली, पौडेल आफ्ना मित्रहरुले व्यक्तिगत स्वार्थपुर्ति हुने गरी जारी भएको उक्त संविधानले मधेषि तथा जनजातिहरको कुनै पनि हक अधिकार समेट्न नसकेको दाबी गरे । पहिचान र सामथ्र्यको आधारमा संघियता हुनु पर्नेमा केहि नेताले आफुहरुको वचश्र्व कायम हुने गरी खस जाति उनले भने “सामाथ्र्य र पहिचानको आधारमा संघिय राज्य निमार्ण हुनु पर्नेमा केहि नेताहरुको स्वार्थको लागि आएको असमावेसी, अलोकतान्त्रीक संविधान हामीले कुनै पनि हालतमा मान्दैनौं, हामीले यो संविधान नमान्ने भनेरै संविधान जलाएर आन्दोलजनमा उत्र्रिएका हौं । ”

yadav1

जातिय राज्य अहिले भएको दाबी गर्दै यादवले १२ प्रतिशत जनङख्या भएको ठाँउमा ६४ प्रतिशत जनसङख्यालाई वाईपास गरी एकाधिकार लाद्ने काम भएको जनाए । सासक बर्गको गलत नितिका कारणले गर्दा देश विश्वकोअल्पविकसित देशको तल्लो स्तरमा रहेको अध्यक्ष यादवले दाबी गरे । उनले भने “हाम्रो देश प्राकृतिक सौन्दर्यमा विश्वमै धनि छ, तर यहाँका सासक बर्गको कारणले गर्दा, जातिय, लिङगीए भेदभाव भएको कारणले गर्दा आज हामी विश्वकै गरीबी मुलुकको सुचिमा रहेका छौं ।” मधेषमा चलेको आन्दोलन मधेषिहरुको हक हितको लागि मात्र नभई सम्पुर्ण आदिवासि जनतातिहरुको लागि भएको उनको भनाई थियो । नेपालमा वहुजाति, बहु भाषिक मुलुक भएकोले यहाँ एउटै भाषा हुन नहुने बताउदै उनले बहु भाषिक निति आवश्यक भएको बताए । नयाँ संविधानले आफुहरुको माग सम्वोधन गर्न नसकेको कारणले गर्दा आफुहरु आन्दोलनमा उत्र्रिएको उनले बताए ।

मधेष आन्दोलन भारतसंग नजोडिएको प्रष्टाउदै उनले नेपालको सिमाना तथा दश गजामा आन्दोलन गर्दा नेपालबाट भारततर्फ आन्दोलन कारी लखेटिदा भारतीय सुरक्षाकर्मीबाट कुटाई खानु परेको समेत उनले बताए । उनले भने “हालसम्म मषेध आन्दोलनमा ५६ जनाको ज्यान गएको छ, ५ सय पुर्ण अपाङग भएका छन भने १० हजार जना घाईते भएका छन उनीहरुको जिम्मा यो सारकारले लिनु पर्दछ । ” विरगन्ज नाका वाहेक अन्य नाकाहरु खुल्ला रहेको उनले बताए । बिरगञ्ज नाकामा आफुहरु बाध्य भएर पुलमा बसेर आन्दोलन गर्नुपरेकोले त्यो नाकामा मात्र अबरोध भएको उनले बताए ।

नेपाल र भारत दुबैको सहयोग नभएका कारण आफुहरु पुलमा बसेर आन्दोलन गर्न बाध्य भएको उनको भनाई थियो । बिरगञ्ज नाका बाहेक अन्य नाका सुचारु रहेको बताउदै प्रशस्त इन्धन आएको र सरकारले नाकाबन्दीको बाहानामा कालोबजारीया तल्लो तहबाट वालुवाटारसम्म गरेको आरोप लगाए । पटक पटक भएको वार्तामा सरकारी पक्षबाट ठोस कुराहरु नआएको यादवले बताए । जातिय सामाजिक संस्थाहरु तमु धिं नेपाल, नेपाल मगर संघ, नेपाल तामाङघेदुङ, तमु प्ये ल्हु संघ, ङ्योए तमु धिं लगायत विभिन्न आदिवासी जनजाति सघ संस्थाहरु र तिनका इकाईहरु मौलिक भेषभुषमा जन प्रर्दशन समेत भएको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले बताईन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button