महिला उद्यमीद्धारा नव निर्वाचित मगर संघका केन्द्रिय सदस्य थापालाई सम्मान

पोखरा १८ जेठ
पोखराका महिला उद्यमीहरुले नेपाल मगर संघको एघारौ महाधिवेशनबाट नव निर्वाचित केन्द्रिय सदस्य शान्ति थापा कुवर मगरलाई स्वागत तथा सम्मान गरेको छ ।नेपाल मगर संघका केन्द्रिय सदस्य युरोप र अमेरिका प्रतिनिधी तथा एन आर एन युकेका महिला उपाध्यक्ष समेत रहेकी शान्ति थापा कुंवर मगरलाई पोखराका महिला उद्यमीद्धारा स्वागत तथा सम्मान गरेका हो ।

पोखरा आइपुगेकी कुंवरलाई पोखरामा रहेका महिला उद्यमीहरु गुरुङ ब्युटी पार्लरकी संचालक चिनु गुरुङ, आगन भेज रेष्टुरेण्टकी सञ्चालक कुसुम गुरुङ, ग्लोरी फेसन होमकी सञ्चालक शान्ति श्रीष, मेट्रो इन टुर्स एण्ड ट्राभलकी प्रवन्ध निर्देशक कमला गिरीले संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका हुन ।
उक्त अवसरमा वोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य युरोप र अमेरिका प्रतिनिधी तथा एन आर एन युकेका महिला उपाध्यक्ष शान्ति थापा कुंवर मगरले पोखरामा रहेरपनि महिलाहरुले आफ्नो उद्यमबाट आफुलाई उजागर गर्न सफल भएको वताइन । महिला उद्यमीहरुको सम्मानले आफुलाई आगामी दिनमा काम गर्नमा थप हौसला प्रदान भएको उनको भनाइ रहेको थियो ।

त्यस्तै गुरुङ ब्युटी पार्लरकी संचालक चिनु गुरुङले उद्यमी महिलाहरुले एन आर एनका महिला उपाध्यक्षलाई सम्मान गर्न पाउदा निकै खुसी लागेको वताइन । हालै नेपाल मगर संघको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा बधाइ दिदै महिलाहरुको हितको लागी अगाडी वढ्न समेत आग्रह गरिन ।
केही दिन अघि पोखरा आइपुगेकी कुंवर मगरलाई यसअघि नेपाल मगर पत्रकार संघ कास्कीले वधाइ तथा सम्मान ब्यक्त गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button