मानवअधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध

काठमाडौँ, १३ जेठ –

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानवाधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित चियापानमा उहाँले मानवाधिकारको अवस्था अझ सुदृढ बनाउँदै लानुपर्छ, मानवअधिकारको रक्षाका लागि सरकार सदा समर्पित रहनेछ भन्नुभयो । प्रधानमन्त्री ओलीले बेला बेलामा हुने गरेको राजनीतिक असहमतिका कारण पनि मानवाधिकारको हनन हुने गरेको बताउँदै राजनीतिक दलबीचको समस्याको चाँडै समाधान खोज्ने बताउनुभयो ।

kp oli 2

आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको संरक्षण गर्नका लागि राजनीतिक दलबीच देखिएको असमझदारीलाई चाँडो सहमति गर्दै भूकम्पबाट घरबारविहीनलाई बर्खाअगावै आवास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न सरकारलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानवको स्वतन्त्रता, समानता, मर्यादा र सम्मानपूर्वक बाँच्न पाउने विषय मानिसको नैसर्गिक अधिकारका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा ‘आयोगले गरेका महत्वपूर्ण सिफारिसको सँगालो–२०७३’ र गतिविधि समेटिएको ‘संवाहक’ पत्रिका सार्वजनिक गरिनाका साथै पन्ध्र वर्षदेखि निरन्तर सेवा गर्दै आउनुभएका आयोगका छ कर्मचारीलाई सम्मान गरियो । आयोगले ‘दयाराम परियार मानवअधिकार स्मृति सम्मान, २०७२’ बाट जनकपुरका पत्रकार श्यामसुन्दर शशि र बेचबिखनमा परेका महिलाको उद्धार तथा पुनःस्थापना गर्दै आउनुभएकी चरिमाया तामाङलाई पनि सम्मान गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button